काठमाण्डौ । प्रधानमन्त्री नरेन्द्र मोदीले भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्नेतर्फ तीव्र गतिमा अघि बढिरहेको बताएका छन् । प्रधानमन्त्री मोदीले बिहीबार मुम्बईमा विश्व अडियो भिजुअल र मनोरन्जन शिखर सम्मेलन (वेभ्स २०२५) लाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘आज भारत विश्वव्यापी फिनटेक अपनाउने दरमा पहिलो नम्बरमा छ। यो विश्वको दोस्रो ठूलो मोबाइल निर्माता हो। भारतसँग विश्वको तेस्रो ठूलो स्टार्टअप इकोसिस्टम छ;’उनले भने ।
विकसित भारततर्फको यात्रा भर्खरै सुरु भएको उनले बताए । अमेरिकी ट्यारिफका कारण विश्वव्यापी आपूर्ति शृङ्खलामा अस्थिरता र २०२५ को पहिलो त्रैमासिकमा अमेरिकी जीडीपीमा आएको गिरावटको बीचमा प्रधानमन्त्री मोदीले भारतीय अर्थतन्त्र विश्वकै तेस्रो ठूलो बन्नेतर्फ अग्रसर भएको बताएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्यारिफ घोषणा गरेका छन् र विश्वव्यापी आपूर्ति शृङ्खलाका कम्पनीहरूले चीनभन्दा भारतलाई प्राथमिकता दिने भएकाले भारतलाई फाइदा हुने बताइएको छ।
हाल विश्वको पहिलो ठूलो अर्थतन्त्रमा अमरिका र दोस्रो चीन रहेका छन् ।