काठमाण्डौ । घरदरबारले घर निर्माणसँग सम्बन्धित नक्सा स्वीकृति, सामग्री छनोट, निर्माण सामग्रीको गुणस्तर, आवश्यक कागजातहरू र प्रक्रियाहरूबारे महत्त्वपूर्ण सुझाव प्रदान गर्न निःशुल्क घर बनाउने क्लास सञ्चालन गरिरहेको छ।
कार्यक्रम हरेक शनिबार बिहान ११ बजेदेखि २ बजेसम्म कम्पनीको प्रमुख कार्यालय थापाथलीमा हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रबिण गेलालले जानकारी दिए।
घर दरबारले काठमाण्डु, पोखरा, चितवन र बुटवल जस्ता ठूला सहरहरूमा व्यापक उपस्थितिको साथ सुरक्षित, दिगो र समस्यारहित घरहरू निर्माण गर्न जनतालाई विशेष सल्लाह प्रदान गर्ने लक्ष्य राखेको छ।
असुरक्षा, खेर जाने सक्ने लगानी र पुनः बिक्रीमा आउने कठिनाइहरू लगायतका सम्भावित जोखिमहरूलाई हाइलाइट गर्दै गेलालले घर निर्माणको परियोजनामा लाग्नु अघि प्राविधिकसँग बिशेष छलफल र ग्रिहकार्यमा गर्नु पर्नेमा जोड दिए।
यस घर बनाउने क्लासमा सहभागी हुने व्यक्तिहरूले अर्किटेक्ट, इन्जिनियर र वास्तु एस्कपर्टसँग अफ्ना समस्या तथा जिज्ञासाहरूमा प्रत्यक्ष प्रश्नोत्तर गर्न सक्नेछन् र समाधान खोज्न समेत सहजता प्रदान गरिने जनाइएको छ ।