काठमाण्डौ । वित्त खर्चमा उछाल आएसँगै भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको नाफामा भारी गिरावट आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८७.२३ प्रतिशतले कम हो ।
अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ११ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको कुल आम्दानी भने १०३.५६ प्रतिशतले बढेको छ । समीक्षा अवधिसम्म कम्पनीले २६ करोड ४० लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ ।
अघिल्लो आवमा २५ लाख २७ हजार रहेको कम्पनीको वित्त खर्च भने १४ करोड ३३ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको कर्मचारी खर्च पनि १४ लाख १३ हजारबाट बढेर ४८ लाख ६१ हजार र प्रशासनिक खर्च ७ लाख ६१ हजारबाट बढेर ६८ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।
तेस्रो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङ ७१ करोड ८ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.०५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३७०.०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३७.१७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६०७.६६ गुणा र तरलता अनुपात १.५० गुणा कायम भएको छ ।