काठमाण्डौ । बुधबार बागमती सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । योसँगै धितोपत्र बजारको कारोबार के हुने भनेर लगानीकर्तामा अन्योलता देखिएको छ ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार भोलि सेयरबजार खुला नै रहनेछ । वैशाख २४ गते सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बागमति प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचनामा उल्लेख भए अनुसार सो दिन सम्पूर्ण बागमती प्रदेशभर बिदा दिने जनाइएको छ ।