काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन २ गतेदेखि निष्कासन गरेको हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद बिक्री आवेदन खुलाएको छ। कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४५ लाख कित्ता हकप्रद निष्कासन गरेको छ ।
लगानीकर्ताले यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।
त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटल ,कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ गत पुस २२ गते बुक क्लोज गरिसकेको छ। यसर्थ पुस २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यो कम्पनीको हकप्रदका लागि योग्य हुनेछन् ।
हकप्रद सेयरको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (260).jpg) 
                                        .jpg) 
                                        .png) 
                                        .jpg) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                