काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १२.५३ अंकले घट्यो ।
बोलिङ्गर ब्याण्डबाट आजको बजारलाई नियाल्दा बजार मध्य ब्याण्डबाट पनि तल खसेको देखिन्छ । मध्य ब्याण्डमा नै आज बजारले इन्भर्टेड ह्याम्मर बनाएको छ । यसले बजारमा बिक्री दबाब परेको बुझिन्छ । म्याक्डीबाट नियाल्दा हालको बजारमा केही समय पहिले बनाएको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम सकारात्मक नै रहेका छन् । आरएसआई ओभर सोल्ड जोन नजिकबाट फर्केर ४७ को तहमा बन्द भएको छ ।
पिभट् मार्फत बजारलाई नियाल्दा यदि बजार आगामी दिनमा घटेमा क्रमशः २६१५, २५६८ र २५३२ विन्दुमा सपोर्ट लिन सक्छ । त्यसै गरि बढेमा भने बजारले २६९७,२७३३ र २७८० विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।