सोमबार, असार ८,२०८३ 07:03:28
Bizshala
  • सोमबार, असार ८,२०८३ 07:03:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

GROUND ZERO-‘२६ सयभन्दा तल जाँदैन’ : बजार फर्किने आशामा लगानीकर्ता

Laxmi Sunrise Bank Limited
GROUND ZERO-‘२६ सयभन्दा तल जाँदैन’ : बजार फर्किने आशामा लगानीकर्ता
Shivam Cement

काठमाण्डौ । बजेटपछिको अपेक्षा विपरीत सेयरबजारले अझै स्पष्ट दिशा लिन सकेको छैन। लगानीकर्ताले नयाँ आशाको केन्द्र मानेको नेपाल धितोपत्र बोर्ड (सेबोन) मा नयाँ अध्यक्ष नियुक्त भए पनि बजारमा तत्काल उत्साह देखिन सकेको छैन।

शुक्रबार डा. गोपालप्रसाद भट्ट सेबोनको अध्यक्षमा नियुक्त भएका हुन्। लामो समयदेखि नेतृत्वविहीन नियामक निकायले अध्यक्ष पाएसँगै बजारमा नयाँ लगानी चक्र सुरु हुने अपेक्षा गरिएको थियो। तर, सोमबारको कारोबारमा लगानीकर्ताको उपस्थिति केही बढे पनि उनीहरूको मनोबल भने पूर्ण रूपमा फर्किएको देखिएन।

बिजशालाको नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ अन्तर्गत सोमबार बागबजार, घट्टेकुलो र अनामनगरका ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको मनोविज्ञान बुझ्ने प्रयास गरिएको थियो। अवलोकनका क्रममा एउटा साझा दृश्य देखियो—बजारप्रति चासो बढेको छ, तर विश्वास अझै पूर्ण रूपमा फर्किएको छैन।

Bizshala
New Office
CG Motors

लगानीकर्ताहरूको मुख्य प्रश्न एउटै थियो-नयाँ अध्यक्ष नियुक्ति केवल औपचारिकता बन्ने हो कि बजार सुधारका लागि ठोस कदम चालिने हो?

बागबजारमा आशा, तर तत्काल उछालको अपेक्षा छैन

बागबजारस्थित अनलाइन सेक्युरिटिजमा बजार खुलेको केही समयमै हरियो सूचक रातोमा बदलिएको थियो। ब्रोकर हाउसमा सामान्य उपस्थिति भए पनि सेबोनको नयाँ नेतृत्वबारे बहस चलिरहेको देखिन्थ्यो।

केही लगानीकर्ताले बजार धेरै तल झरिसकेको भन्दै अब विस्तारै सुधार हुने अपेक्षा गरे। एक लगानीकर्ताले भने, “बजार पनि कति घटोस् र ? अब त बढ्नैपर्छ। २६ सयभन्दा तल जाने सम्भावना कम देखिन्छ।”

अर्का लगानीकर्ताले भने बजार २७ सय अंकमाथि टिक्न सक्ने विश्वास व्यक्त गरे। उनका अनुसार अध्यक्ष नियुक्ति मात्रले बजार उकासिँदैन, नयाँ नेतृत्वको कार्यशैली, नियामकीय सुधार र बजारमा हुने हस्तक्षेप नै निर्णायक बन्नेछ।

घट्टेकुलोमा ‘किन्ने समय’को चर्चा

घट्टेकुलोस्थित भिजन सेक्युरिटिजमा लगानीकर्ताको उपस्थिति तुलनात्मक रूपमा बाक्लो थियो। बजार सामान्य उतारचढावमै रहे पनि अधिकांश लगानीकर्ता आफ्ना स्क्रिप्ट र सम्भावित खरिदबिक्री रणनीतिमा केन्द्रित थिए।

यहाँका केही लगानीकर्ताले बजार फर्किने संकेत देखिन थालेको दाबी गरे। एक लगानीकर्ता फोनमै विभिन्न कम्पनीका सेयरबारे सुझाव दिँदै थिए। उनले भने, “राम्रो कम्पनी छानेर किन्दा हुन्छ। बजारको सिजन पनि सुरु हुँदैछ, सेबोनले अध्यक्ष पनि पाएको छ, अब विस्तारै बजार फर्किन सक्छ।”

यद्यपि, उनीहरूको आशा पनि तत्काल ठूलो उछालभन्दा नियामक सुधार, आईपीओ पाइपलाइन खुल्ने, बजारका विकृति नियन्त्रण र लगानीमैत्री नीति कार्यान्वयनसँग जोडिएको देखिन्थ्यो।

Garima Development Bank
Shivam Cement
Bizshala

अनामनगरमा असन्तुष्टि, तर दीर्घकालीन अवसरको खोजी

अनामनगरस्थित इम्पेरियल सेक्युरिटिजमा भने लगानीकर्ताले नयाँ अध्यक्ष नियुक्त भए पनि बजारले लय नसमातेकोमा असन्तुष्टि पोखिरहेका थिए।

एक लगानीकर्ताले भने, “सेबोनमा अध्यक्ष आएर मात्रै हुँदैन। बजार बढ्न पहिला लगानीकर्ताको मनोबल बढ्नुपर्छ। नियामकले बजारमा विश्वास जगाउने काम गर्नुपर्छ।”

अर्का लगानीकर्ताले भने अहिलेको बजारलाई अवसरका रूपमा हेर्नुपर्ने तर्क गरे। “फन्डामेन्टल बलिया कम्पनीमा अहिले लगानी गरियो भने ६-७ महिनामा राम्रो प्रतिफल आउन सक्छ,” उनले भने, “बजार घट्दा किन्ने हो। हल्लाको पछि लागेर होइन, कम्पनी बुझेर लगानी गर्नुपर्छ।”

तर, त्यही ब्रोकर हाउसमा रहेका अर्का लगानीकर्ताले बजार २७ सय अंकभन्दा तल झर्दा पनि अपेक्षित कमाइ गर्न नसकेको गुनासो गरे। यसले बजारमा लगानीकर्ता बढे पनि सबैको अनुभव र रणनीति समान नभएको देखाउँछ।

नयाँ अध्यक्षसँग बजारको ठूलो अपेक्षा

सेबोनले नयाँ नेतृत्व पाएपछि लगानीकर्ताको अपेक्षा केवल सूचक बढोस् भन्ने मात्र छैन। उनीहरू बजारमा हुने इन्साइडर ट्रेडिङ, समूहगत कारोबार, सर्कुलर ट्रेडिङ, कमजोर कम्पनीको अस्वाभाविक मूल्यवृद्धि, आईपीओ स्वीकृतिमा ढिलाइ तथा नियामकीय अन्योल अन्त्य होस् भन्ने चाहन्छन्।

बजारमा अहिले पनि तरलता, ब्याजदर, बैंकिङ प्रणालीको कर्जा प्रवाह र राजनीतिक-नीतिगत स्थिरताजस्ता विषयले प्रभाव पारिरहेका छन्। त्यसैले नयाँ अध्यक्ष नियुक्ति बजारका लागि सकारात्मक संकेत भए पनि यसको वास्तविक प्रभाव डा. भट्टले लिने प्रारम्भिक निर्णय र सुधार अभियानले तय गर्नेछ।

अहिलेको सेयरबजारको अवस्था यही हो-ब्रोकर हाउसमा भीड विस्तारै बढ्दैछ, तर लगानीकर्ताको विश्वास अझै पूर्ण रूपमा फर्किएको छैन। नयाँ अध्यक्षले बजारलाई आश्वासनबाट विश्वासतर्फ लैजान सक्छन् कि सक्दैनन्, अब सबैको नजर त्यतैतिर छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.