काठमाण्डौ । भारत–पाकिस्तानबीचको युद्धविरामको प्रभाव स्वरुप आज भारतीय बजारमा उच्च वृद्धि देखिएको छ । आज भारतको सेयर बजार मापक सेन्सेक्स इन्डेक्स ३.५० प्रतिशत अर्थात २ हजार ७८१ अंकले बढेको छ ।
यससँगै सेन्सेक्स इनडेक्स ८२ हजार २३५ विन्दुमा पुगेको छ । यो वृद्धि यस वर्षको सेन्सेक्सको हालसम्मकै उच्च हो । यसअघि सेन्सेक्स गत अप्रिल १५ मा २.१० प्रतिशत अर्थात १ हजार ५७७ अंकले बढेको थियो ।
आज सेन्सेक्सको ३० वटामध्ये २९ वटा कम्पनीको सेयरमूल्यमा वृद्धि देखियो । अडाणी पोट्स, बजाज फाइनान्स, एक्सिस बैंकसहित १७ वटा कम्पनीको सेयरमूल्य ४.५ प्रतिशतसम्मले बढेका छन् । आज सनफर्मा कम्पनीको सेयरमूल्य मात्रै ५.५ प्रतिशतले घटेको छ ।
उता निफ्टी५० पनि ३.६८ प्रतिशत अर्थात ८८४ अंकले बढेको छ । यो वृद्धिसँगै निफ्टी २४ हजार ८९५ विन्दुको उचाईएमा पुगेको छ ।
यस्तै आज पाकिस्तानको सेयर बजारमा समेत उछाल देखिएको छ । पाकिस्तानको सेयर बजार आज ९ प्रतिशतले बढेको छ ।