IME remit
  • मंगलवार, कार्तिक ११,२०८२ 11:11:12
IME remit
Global IME Bank Limited

९ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि

Hyundai Nepal
९ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ८.४१ अंकले घटेर २६११ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको एक करोड ७४ लाख २३ हजार ९४३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । 

आज बीमा समूहका दुई सूचक नै घटेका छन् । जीवन बीमा समूह ०.४० प्रतिशत र निर्जीवन बीमा सूचक ०.३७ प्रतिशतले घटेको छ । आज ९ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ५.७२ प्रतिशतले बढेर २२ सय रुपैयाँ पुगेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

त्यस्तै, क्रेष्ट माइक्रो लाइफको ३.०९ प्रतिशत, एशियन लाइफको ०.०९ प्रतिशत, आइएमई लाइफको ०.१६ प्रतिशत, नेशनल लाइफको ०.२८ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.१० प्रतिशत, सूर्यज्योति लाइफको ०.२३ प्रतिशत, आरबीसीएलको ०.३२ प्रतिशत र सिद्धार्थ प्रिमियरको ०.०८ प्रतिशतले सेयरभाउ बढेको छ । 

यसका साथै आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने नेपाल रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ आज २.८० प्रतिशतले घटेर ११८८ रुपैयाँ कायम भएको छ । यता हिमालयन रि इन्स्योरेन्सको पनि २.०२ प्रतिशतले घटेर ९४३ रुपैयाँ कायम भएको छ । त्यस्तै, सिटिजन लाइफको ०.६५ प्रतिशत, गार्डियन माइक्रो लाइफको २.२३ प्रतिशत, हिमालयन लाइफको ०.९४ प्रतिशत, एलआइसी नेपालको १.८१ प्रतिशत, नेपाल लाइफको ०.२४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.२४ प्रतिशत, सन नेपाल लाइफको ०.७८ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.६१ प्रतिशतले घटेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

निर्जीवनतर्फ हिमालयन एभरेष्टको ०.३९ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.९१ प्रतिशत, नेपाल इन्स्योरेन्सको २.६८ प्रतिशत, नेको इन्स्योरेन्सको ०.६५ प्रतिशत, एनएलजीको १.८४ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.३१ प्रतिशत, सलिकोको १.४१ प्रतिशत, सानिमा जिआइसीको १.८० प्रतिशत, सानिमा जिआइसीको ०.६९ प्रतिशत र युनाइटेड अजोडको ०.५० प्रतिशतले सेयरभाउ घटेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.