काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आवको तेस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षा आज नै सार्वजनिक गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकारी भागवत आचार्यले दिएको जानकारी अनुसार आज अबेरमा साढे ७ बजेसम्ममा समिक्षा सार्वजनिक हुनेछ । नयाँ गभर्नर आएपछि सेयर लगानीकर्ताहरुले मौद्रिक नीतिको समीक्षामार्फत् बजारका लागि केही नीतिगत सुधार हुने अपेक्षा गरेका छन् ।