काठमाण्डौ । नेपालका लागि केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले मे ३१ मा ‘ग्रीन ह्वील टु मार्बल हिल्स’ शीर्षकको पर्यावरण–सचेत ग्राहक कार्यक्रमको आयोजना गरेका छन् ।
उक्त कार्यक्रममा ८० जनाभन्दा बढी उत्साही सहभागीहरू थिए । जसमा ग्राहकहरू र परिवारका सदस्यहरू समेत सामेल थिए । कार्यक्रमले दिगो गतिशीलता र वातावरणीय उत्तरदायित्वलाई बढावा दिदै ग्राहक, प्रकृतिप्रेमी र दिगोपनको वकालत गर्नेहरुलाई एकजुट बनाएको थियो ।
यालीमा केई एक्सथ्री प्रो, ई–क्युट ०२ र इ–क्युट ०४ लगायतका केईका नवीन इलेक्ट्रिक मोडलहरूको प्रदर्शनी गरिएको थियो । उक्त र्याली थापाथलीबाट गोदावरीतर्फ गएको थियो । उक्त र्याली यात्रा मात्रा नभई स्वच्छतातर्फको कदम, प्रकृतिको प्रशंसा र पर्यावरणीय जिम्मेवारीमा आधारित थियो ।
कार्यक्रमको मुख्य आकर्षणको रुपमा वृक्षरोपण समारोह थियो । जहाँ सहभागीहरूले सामूहिक रूपमा वृक्षारोपण गरेका थिए ।
उक्त अवसरमा ७० भन्दा बढी रूखहरू रोपिएको थियो ।