शुक्रबार, जेष्ठ २३,२०८२ 10:58:16
IME remit
  • शुक्रबार, जेष्ठ २३,२०८२ 10:58:16
IME remit
Global IME Bank Limited

‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’को सार्वजनिक निष्कासन आजदेखि

Hyundai Nepal
‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’को सार्वजनिक निष्कासन आजदेखि
Nabil Bank Limited

काठमाण्डौ । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ को इकाई बिक्री आजदेखि खुला गरिएको छ। प्रभु बैंक कोष प्रवद्धक र प्रभु क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को ४ करोड  इकाइको बिक्री आवेदन खुला गरिएको हो ।  

प्रति इकाइ मुल्य रु.१० दरको ४ करोड इकाइमध्ये ७।५ प्रतिशत अर्थात ३० लाख इकाई कोष प्रवद्र्धक संस्था प्रभु बैंक र ७.५ प्रतिशत अर्थात ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित राखि प्रथमपटक सर्वसाधारणमा २ करोड ५० लाख इकाई बिक्री गर्न लागिएको हो ।  

CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा ३१ लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।  

Muktinath Bikas Bank Limited

यो योजनाको इकाई बिक्री बन्द छिटोमा जेठ २७ गते र ढिलोमा असार ६ गते बैंकिङ समयपछि हुनेछ । यो खुलामुखी योजना हो। योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल रहेको छ। 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.