काठमाण्डौ । ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टल पशुपतिमा आज बिहान साढे ९ बजे बाँडफाँड गरेको हो ।
कम्पनीले गत जेठ १४ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । जसमा २० लाख ७४ हजार २८५ जना आवेदकहरुबाट २ करोड ४१ लाख १७ हजार ४८० कित्ता सेयर खरिदका लागि आवेदन प्राप्त भएको छ।
उक्त आवेदनमध्ये रितपूर्वक प्राप्त भएको २० लाख ५९ हजार ३८८ जना आवेदकहरुबाट २ करोड ३९ लाख ७ हजार ६०० कित्ता प्राप्त भएको हुदाँ कम्पनीले जारी गरिएको सेयर संख्या भन्दा बढी संख्यामा सेयर खरिदका लागि आवेदन प्राप्त हुन आएकोले सोको बाँडफाँड गर्नका लागि एउटै समूहमा राखी न्यूनतम १० कित्ता सेयरका दरले गोलाप्रथाबाट ३ लाख २९ हजार ६५० जना लगानीकर्ताहरुलाई र बाँकी ५.१९ कित्ता सेयर सोहि मध्ये २० देखि १००० कित्ता आवेदन गरी १० कित्ता बाँडफाँडमा पर्ने आवेदकहरुलाई गोलाप्रथाबाट नियमन निकायका प्रतिनिधिहरुको रोहबरमा निष्काशन कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको प्रतिनिधिको उपस्थितिमा बाँडफाँड कार्य सम्पन्न गरिएको छ ।
आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।