काठमाण्डौ । स्यार्पु पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा यही असार २६ गते बिहान ११ बजे रुकुम पश्चिममा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने तथा सार्वजनिक निष्कासनबाट प्राप्त हुने रकमको उपयोग गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथ छलफल गरी पारित गर्ने र सोही आर्थिक वर्षको वार्षिक प्रतिवेदनहरु माथि छलफल गरी पारित गरिनेछ ।