IME remit
  • मंगलवार, कार्तिक ११,२०८२ 11:25:04
IME remit
Global IME Bank Limited

तीन महिनापछि २६ सय विन्दु तल झर्यो नेप्से, यस्तो छ कारण

Hyundai Nepal
तीन महिनापछि २६ सय विन्दु तल झर्यो नेप्से, यस्तो छ कारण
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)परिसूचक तीन महिना पछि २६ सय विन्दु तल झरेको छ । साताको पहलिो कारोबार दिन आज नेप्से परिसूचक १.२५ प्रतिशत अर्थात ३२.९३ अंकले घट्दै तीन महिनापछि २६ सय विन्दु तल बन्द भएको हो ।  

यो गिरावटसँगै आज नेप्से परिसूचक २ हजार ५९५.९७ विन्दुमा झरेको छ । यसअघि नेप्से परिसूचक गत चैत १२ गते २६ सय विन्दुमाथि उक्लिएको थियो ।  

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०८ प्रतिशतले घटेर ४४४.६० विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा स्क्रिप्टको २ करोड १५ लाख ४७ हजार ५५ कित्ता सेयर ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘आजको बजारको घटाईको मुख्य कारण देशभित्रको भन्दा पनि अन्तर्राष्ट्रिय कारण हुन सक्छ । अमेरिकाले इरानमाथि बमबारी गरेसँगै सेयर बजार लगायतका क्षेत्रमा मनोवैज्ञानिक प्रभाव परेको छ । ’

लामो समय साइडवेज चलेको नेपाली बजारमा समेत यसले प्रभाव पारेको उनले बताए । आज हाईड्रो र होटल समूहमा करेक्सन आएको र अन्य क्षेत्र चल्न नसकेको उनले बताए । यही बीचमा स्मार्ट लगानीकर्ताले सेयर बिक्री गर्दा बजार खसेको उनले बताए ।  

यस्तै उनका अनुसार बजारमा अहिल्य नै असार मसान्तको प्रभाव नपरेको बताए । उनले बजार २५८५ विन्दुबाट फर्किनेमा उनी विश्वस्त देखिए ।  

अर्का बजार जानकार दामोदर गजुरेलले आजको करेक्सनलाई असार मसान्तकै कारण भएको दाबी गरे । ‘आज होटल र हाईड्रोमा करेक्सन आएका कारण बजार घटेको हो । आजको करेक्सन आन्तरिक कारणले नै भएको हो । इरान र इजरायलको युद्धको प्रभाव तत्कालै नेपाली बजारमा पर्ने देखिदैन । तर बाफियाको विषयले भने लगानीकर्तामा केही त्रास छाएको छ ।’

यो महिना संस्थागत लगानीकर्तादेखि ब्रोकरले सेयर बिक्री गरेर ब्यालेन्स सिट मिलाउनु पने भएकाले पनि बिक्री दबाब आएको उनले तर्क गरे ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । होटल समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज ३.०५ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.६८ प्रतिशत, विकास बैंक ०.९७, फाइनान्स १.१२, हाईड्रो २.६९, लगानी ०.९४,जीवन बीमा ०.९८, उत्पादन तथा प्रशोधन १.१४, लघुवित्त १.०६,म्युचुअल फण्ड ०.३१, निर्जीवन बीमा ०.५०, अन्य ०.४८ र व्यापार समूह १.६४ प्रतिशतले घट्यो ।  

CG Motors
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन दोर्दी खोला जलविद्युतको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ७५ करोड ७३ लाख बढीको कारोबार भयो । बुटवल पावरको पनि आज ७४ करोड ५८ लाख, राधी विद्युतको ४९ करोड ७२ लाख, सानिमा माई हाईड्रोको ४६ करोड ५६ लाख र ङादी ग्रुप पावरको ४१ करोड २४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका मध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । जोशी हाईड्रोपावरको सेयरमूल्यमा मात्रै आज अपर सर्किट लाग्यो ।  

यस्तै आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.६० प्रतिशत र गुराँस लघुवित्तको ३.४० प्रतिशतले बढ्यो ।  

पियोर इनर्जीको सेयरमूल्यमा आज लोवर सर्किट लाग्यो । यो कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले घट्यो । युनियन हाईड्रोको सेयरमूल्य पनि आज ६.२४ प्रतिशत, रसुवागढी हाईड्रोपावरको ५.४८,हिमालयन उर्जाको ५.३३ र मध्य भोटेकोशी जलविद्युतको सेयरमूल्य ५.२० प्रतिशतले घट्यो ।  

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.