मंगलवार, असार १०,२०८२ 10:13:37
  • मंगलवार, असार १०,२०८२ 10:13:37
Global IME Bank Limited

एनआईसीसीआईद्वारा इटालीमा नियुक्त नेपालका मानार्थ वाणिज्यदूत पाओलो नुगारीको स्वागत

Hyundai Nepal
एनआईसीसीआईद्वारा इटालीमा नियुक्त नेपालका मानार्थ वाणिज्यदूत पाओलो नुगारीको स्वागत
Nabil Bank Limited

काठमाण्डौ । नेपाल–इटाली वाणिज्य तथा उद्योग  संघ (एनआईसीसीआई) ले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै इटालीमा नियुक्त नेपालका मानार्थ वाणिज्यदूत पाओलो नुगारीलाई स्वागत गरेको छ ।  

बैठकको उद्देश्य नेपाल–इटाली सम्बन्धलाई थप सुदृढ बनाउने र व्यापार तथा आर्थिक सहकार्यका सम्भावनाहरूको खोजी गर्नु थियो । एनआईसीसीआईका अध्यक्ष संजय अग्रवालले द्विपक्षीय सम्बन्ध मजबुत बनाउन नुगारीले पुर्याएको योगदानप्रति आभार व्यक्त गर्दै, साझा व्यापारिक हितको प्रवद्र्धनमा एनआईसीसीआईको प्रतिबद्धता दोहोर्याए ।

CG Motors
Muktinath Bikas Bank Limited

कार्यक्रममा नेपालका लागि इटालीका मानार्थ वाणिज्यदूत प्रतिमा पाण्डे तथा एनआईसीसी बोर्ड अफ डाइरेक्टरका सदस्यहरू पनि उपस्थित थिए ।

नुगारीले दिर्घकालीन प्रगतिको लागि दिगो सहकार्य, सांस्कृतिक आदानप्रदान, र निजी क्षेत्रको संलग्नताको महत्वमा जोड दिए ।

एनआईसीसीआई नेपाल र इटालीबीचको व्यापार, संवाद, र रणनीतिक साझेदारीलाई निरन्तर प्रवद्र्धन गर्दै जाने प्रतिबद्धतासहित अघि बढ्दैछ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.