IME remit
  • मंगलवार, कार्तिक ११,२०८२ 11:09:34
IME remit
Global IME Bank Limited

पुनः २६ सयको विन्दुबाट झर्यो नेप्से, जानकार भन्छन्, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’

Hyundai Nepal
पुनः २६ सयको विन्दुबाट झर्यो नेप्से, जानकार भन्छन्, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१७ प्रतिशत अर्थात ४.४५ अंकले घटेर २ हजार ५९५.७४ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२७ प्रतिशतले घटेर ४४३.९० विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०६ वटा स्क्रिप्टको १ करोड ९६ लाख ५० हजार २१० कित्ता सेयर ७ अर्ब ७८ करोड २ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार सालिकराम ढकाल भन्छन्,  ‘केही दिनदेखि लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । असारको चापका कारण सेटलमेन्टको प्रभाव समेत बजार परेको हुनसक्छ । यो महिना ब्याज र किस्ता तिनुपर्ने भएकाले बजारमा दबाब देखिएको हो ।’

उनले आगमी साता पनि  बजारमा खासै सुधार नहुने आँकलन गरे ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

अर्का बजार जानकार प्रेम ओलीले पनि सबै विषय सकारात्मक हुँदा पनि बजारमा गिरावट आएको बताए । लगानीकर्ताले सेयर घटाएर खरिद गर्न चाहेकाले बजारमा यस्तो अवस्था देखा परेको उनले बताए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा समूहमा हरियाली छायो भने ९ वटा समूहमा रातो पोतियो । विकास बैंक समूह आज सर्वाधिक अर्थात १ प्रतिशतले बढ्यो । यस्तै हाईड्रो समूह ०.१० प्रतिशत, लघुवित्त ०.१३ र म्युचुअल फण्ड ०.०५ प्रतिशतले बढ्यो ।  

होटल समूह आज सर्वाधिक अर्थात १.८७ प्रतिशतले घट्यो । फाइनान्स समूह पनि ०.४०, लगानी ०.६४, जीवन बीमा ०.३४,उत्पादन तथा प्रशोधन ०.३१, निर्जीवन बीमा ०.४१, अन्य समूह ०.२३, व्यापार ०.२० र बैंकिङ ०.१२ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन बुटवल पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ६२ करोड ५२ लाख बढीको सेयर कारोबार भयो । राधी विद्युतको पनि आज ३९ करोड २० लाख, ङादी ग्रुप पावरको ३२ करोड ३२ लाख, सिंगटी हाईडोको ३१ करोड ६१ लाख र बरुण हाईड्रोको २८ करोड ५ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । सर्वाधिक कमाउने कम्पनीको रुपमा आज ग्रीन डेभलपमेन्ट बैंक रह्यो । यो कम्पनीको सेयरमूल्य ९.१८ प्रतिशतले बढ्यो । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ९ प्रतिशत,बरुण हाईड्रोको ८.९३,पिपुल्स हाईड्रो ७.१४ र सुपर मादी हाईड्रोको सेयरमूल्य ६.८४ प्रतिशतले बढ्यो ।  

ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्यमा आज सर्वाधिक गिरावट देखियो । यो कम्पनीको सेयरमूल्य ९.३० प्रतिशतले घट्यो । पियोर इनर्जीको सेयरमूल्य पनि आज ४.८६ प्रतिशत र जोशी हाईड्रोको ४.४५ प्रतिशतले ओरालो लाग्यो ।    

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.