आईतवार, असार १,२०८२ 10:18:29
  • आईतवार, असार १,२०८२ 10:18:29
Global IME Bank Limited

एनएमबि बैंकद्वारा सामाजिक समावेशीकरण योजनाको घोषणा

Hyundai Nepal
एनएमबि बैंकद्वारा सामाजिक समावेशीकरण योजनाको घोषणा
Nabil Bank Limited

काठमाण्डौ । एनएमबि बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवद्र्घन गर्दै लैङ्गिक समता तथा सामाजिक समावेशीकरण योजना सार्वजनिक गरेको छ ।  

बैंकले सार्वजनिक गरेको उक्त नितिले समाजमा विविधता प्रवद्र्घन, सीमान्तकृत समुदायलाई सशक्तिकरण र समुदायमा लैङ्गिक समानतालाई प्रोेत्साहन गरेको छ ।

यो योजनाले समग्र बैंकिङ्ग प्रणाली लगायत आफ्ना कर्मचारी, ग्राहक वर्ग र समुदायका विभिन्न आवश्यकताहरू पूरा गर्र्दै पहुँचयोग्य, समावेशी र उत्तरदायी बैंकिङ्ग वातावरण सिर्जना गर्न मद्दत पुर्याउने विषयमा बैंक विश्वस्त रहेको जारी विज्ञप्तिमा उल्लेख छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकले लैङ्गिक समता र सामाजिक समावेशीकरण योजना कार्यान्वयन गर्दै, महाराजगञ्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र वीरगञ्ज स्थित शाखाहरूमा फरक ढङ्गले सक्षम ग्राहकहरुलाई व्हिलचेर र्‍याम्प पनि स्थापना गरेको छ ।  

साथै, महिला नेतृत्व विकास गर्न देशभर महिला नेतृत्व कार्यक्रम समेत सुरुवात गरिसकेको बताइएको छ ।  

महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न बैंकले विशेष सुविधासहितको आकर्षक कर्जा पनि उपलब्ध गराएको छ ।  

एनएमबि बैंकले सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको घोषणा गरिसकेको छ ।  

बैंकले सुन्दर सुदूरपश्चिम बचत खाता, कर्णाली विशेष बचत खाता, लुम्बिनी बचत खाता, मेरो गण्डकी बचत खाता, अपन एनएमबि बचत खाता, पाथिभरा बचत खाता लगायतका प्रदेश केन्द्रित बचत खाताहरु चल्तिमा ल्याइसकेको छ ।  

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८३ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.