IME remit
  • मंगलवार, कार्तिक ११,२०८२ 11:14:34
IME remit
Global IME Bank Limited

झिनो अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजारलाई कारोबारको साथ’

Hyundai Nepal
झिनो अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजारलाई कारोबारको साथ’
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.०८ प्रतिशत अर्थात २.४० अंकले बढेर २ हजार ७०६.३६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१४ प्रतिशतले घटेर ४६३.७९ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर ९ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार सुमन कुमार रिजाल भन्छन्,  ‘बजारमा असार मसान्तको सामान्य प्रभाव देखिएको छ । तर कारोबारले भने बजारलाई साथ दिइनै रहेको छ । असार मसान्तपश्चात भने बजारले थप गति लिनेमा विश्वास गर्न सकिन्छ ।’

आज बजार सामान्य बढेर बन्द हुनु भने सकारात्मक पक्ष भएको उनले बताए ।  

अर्का बजार जानकार दामोदर गजुरेलले सेक्टर रोटेशन हुँदै बजार चलेको र क्लोजिङको सामान्य असर परेको बताए । ‘गभर्नरका तर्फबाट सकारात्मक कुराहरु आईरहेको छ । कारोबारको हिसाबले बजार अहिले मजबुत नै देखिन्छ । यस हिसाबले हेर्दा बजारमा एक्युमुलेशन चलेको र स्मार्ट लगानीकर्ता बजार प्रवेश गरेको  देखिन्छ, ’ उनले भने ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

यसकारण बजारमा साउनबाट बलियो बुल देखिने उनले विश्वास व्यक्त गरे ।    

 यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटा समूहमा हरियाली छायो भने अन्य ५ वटामा रातो पोतियो । अन्य समूह आज सर्वाधिक अर्थात ३.०९ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.२५ प्रतिशत, फाइनान्स २.१६, लगानी ०.४४, उत्पादन तथा प्रशोधन ०.६३, लघुवित्त ०.०७ र म्युचुअल फण्ड ०.३३ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४९ करोड ४० लाख बढीको सेयर कारोबार भयो । लक्ष्मी सनराइज बैंकको पनि आज ३७ करोड ८१ लाख,हिमालयन रि इन्स्योरेन्सको ३४ करोड २४ लाख,गार्डियन माइक्रो लाइफको ३२ करोड ८९ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको २८ करोड ८४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका मध्ये एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । नेपाल फाइनान्सको सेयरमूल्यमा आज १० प्रतिशतको वृद्धिका साथ अपर सर्किट लाग्यो ।  

गार्डियन माइक्रो लाइफको सेयरमूल्य पनि ७.३६ प्रतिशत,राप्ती हाईड्रोको ५.७० र अपरहेवा खोलाको सेयरमूल्य ५.१८ प्रतिशतले बढ्यो ।  

ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात ८.८७ प्रतिशतले घट्यो । सिन्धु विकास बैंकको सेयरमूल्य पनि आज ५.८१ प्रतिशत र खानीखोला सेयरमूल्य ५.४३ प्रतिशतले घट्यो ।    

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.