काठमाण्डौ । नेपाल टेलिकमले इन्टरनेट सेवा पुनर्स्थापित भईरहेको जनाएको छ । टेलिकमले एक सूचना जारी गर्दै यस्तो जनाएको हो ।
अन्तर्राष्ट्रिय सेवा प्रदायकहरुबाट इन्टरनेट सेवा खरिद गरी ग्राहकवर्गमा सेवा प्रदान गर्दै आएकोमा असार २४ गते बिहान १ः३० बजेदेखि एउटा सेवाप्रदायकको नेटवर्कमा समस्या उत्पन्न भएको हुँदा सम्पूर्ण ट्राफिकहरु वैकल्पिक सेवाप्रदायकबाट सञ्चालनमा रहेको टेलिकमले जनाएको छ ।
उक्त लिङ्कमा चाप पर्न गई नेपाल टेलिकमको इन्टरनेट सेवाको स्पिडमा केही समस्या उत्पन्न भएकोले तत्काल समस्या समाधान गरी सेवा पुनर्स्थापनाको प्रयास जारी रहेको टेलिकमले जनाएको छ ।
अप्रत्याशित रुपमा सिर्जित परिस्थितिका कारण सेवामा समस्या उत्पन्न भई ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति टेलिकमले क्षमाप्रार्थी मागेको छ ।