हुम्लाको सर्केगाड तथा चंखेली गाउँपालिकामा टेलिकमका टुजी र फोरजी सेवा सञ्चालनमा
काठमाण्डो । नेपाल टेलिकमले कर्णाली प्रदेशको हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका १ मा टुजी र फोरजी सेवा यही भदो २५ गतेबाट सञ्चालनमा ल्याएको छ । फोरजी सेवा सञ्चालनमा आए पश्चात् सर्केगाड गाउँपालिका वडा नं. १, २, ४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू जीलागाउँ, माझगाउँ, घितागाउँ, नाउलि, लुम अन्तर्गत पर्ने भूभागहरूमा सेवाग्राहीहरू गुणस्तरीय फोरजी सेवाबाट लाभान्वित भएका छन्।...