डेनमार्क र दक्षिण कोरियामा अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवा सुरु
काठमाण्डौ । नेपाल टेलिकमको मोबाइल प्रयोग गरी आजदेखि डेनमार्क र दक्षिण कोरियामा समेत अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवा प्रयोग गर्न सकिने भएको छ । यसका लागि नेपाल टेलिकम र डेनमार्कको टेलिनोर डेनमार्क तथा दक्षिण कोरियाको एसके टेलिकम बिच सम्झौता सम्पन्न भएको छ । यो सेवा क्यानडा, अमेरिका, अष्ट्रेलिया, लक्जेमबर्ग, इजरायल र ताइवान–आरओसीमा पहिले देखि नै उपलब्ध छ । यस अनुसार अब ८...

