आईतवार, जेष्ठ ३,२०८३ 03:49:37
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 03:49:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल टेलिकमले ३४ विमानस्थलमा फ्रि वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने, मोबाइल चार्जिङ स्टेसन पनि निर्माण गर्ने

Laxmi Sunrise Bank Limited
नेपाल टेलिकमले ३४ विमानस्थलमा फ्रि वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने, मोबाइल चार्जिङ स्टेसन पनि निर्माण गर्ने
Shivam Cement

काठमाण्डौ । नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलहरुमा फ्रिवाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।  

यस सम्बन्धी नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण बिच आज (फागुन ११ गते) सहमति भएको छ ।  

सो सहमतिपत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गरेका छन् ।  

सहमतिपत्रअनुसार नेपाल टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्रिवाइफाई नेटवर्क जडान गर्नेछ भने नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरुमा समेत चरणबद्ध रुपमा फ्रिवाइफाई इन्टरनेट सेवा सञ्चालन गर्नेछ । 

Bizshala
New Office
CG Motors

त्यसैगरी विमानस्थलभित्र यात्रुहरुलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवा सम्बन्धी जानकारी उपलब्ध गराउनका लागि सूचना तथा सहायता कक्ष स्थापना गरिने छ ।  

फ्रिवाइफाई नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनको लागि उपकरणहरु जडान गर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनका लागि आवश्यक कार्य नागरिक उड्डयन प्राधिकरणले गर्नेछ ।  

त्यसैगरी यात्रुहरुलाई सुविधा हुने गरी मोबाइलचार्जिङ स्टेसन राख्ने स्थान समेत प्राधिकरणले उपलब्ध गराउने छ ।  

यस अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा फ्रिवाइफाई सेवा सञ्चालन गर्ने सहमति भइसकेको छ भने अब विमानस्थलको सबै स्थानमा सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ ।  

यसबाटयात्रुमहानुभावहरुले लाभलिनुहुने अपेक्षाकम्पनीको रहेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.