बुधबार, असार १७,२०८३ 11:49:27
Bizshala
  • बुधबार, असार १७,२०८३ 11:49:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल टेलिकमले एनपीएलमा सुदूरपश्चिम रोयल्सलाई प्रायोजन गर्ने

Laxmi Sunrise Bank Limited
नेपाल टेलिकमले एनपीएलमा सुदूरपश्चिम रोयल्सलाई प्रायोजन गर्ने

काठमाण्डौ । आगामी मंसिर १५ गतेदेखि काठमाण्डौमा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल)को प्रथम संस्करणमा सहभागी टोली सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच प्रायोजनसम्बन्धी समझदारीपत्र आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

नेपाल टेलिकम केन्द्रीय कार्यालयमा मंसिर ४ मा सम्पन्न उक्त समझदारी अनुरुप एनपीएल प्रतियोगिता २०८१ मा सुदूरपश्चिम रोयल्स टिमको टेलिकम पार्टनरको रुपमा नेपाल टेलिकम रहनेछ। 

New Office
CG Motors
Garima Development Bank

उक्त समझदारीपत्रमा नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सको तर्फबाट टिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गरेका थिए ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले नेपालको खेलकुद क्षेत्रको वृहत्तर विकासका लागि नेपाल टेलिकमले सदैव योगदान दिदैं आएको र नेपाली क्रिकेटसँग पनि लामो समयदेखि जोडिइरहेको सन्दर्भ उल्लेख गर्दै सुदूरपश्चिम रोयल्समार्फत एनपीएल २०८१ मा जोडिन पाउँदा खुशी लागेको बताए ।

उनले एनपीएल २०८१ मार्फत नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्ने र यो प्रतियोगिता नेपाली खेलकुद विकासक्रमकै महत्वपूर्ण कोशेढुङ्गाको रुपमा स्थापित हुने बताए ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.