• सोमबार, भाद्र ३०,२०८२ 08:19:22
Global IME Bank Limited

टेलिकमको चाडपर्व लक्षित अफरः रु.७९९ मा अल नेट अनलिमिटेड भ्वाइस सुविधा

Hyundai Nepal
टेलिकमको चाडपर्व लक्षित अफरः रु.७९९ मा अल नेट अनलिमिटेड भ्वाइस सुविधा

काठमाण्डौ । नेपाल टेलिकमले दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दशैं अफर २०८१ उपलब्ध गराएको छ  । सो अफरअन्तर्गत सहुलियत दरका भ्वाइस, डेटा तथा एफटीटीएचका प्याकेजहरु आजदेखि प्रारम्भ भई आगामी कार्तिक २३ गते सम्म उपलब्ध हुनेछन् ।  

यस अफर अन्तर्गत साविकका एफटीटीएचका प्याकेजहरुमा साविककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गराईएको छ । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटारकम्बो प्याकेजहरुमा ५० प्रतिशतसम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्याण्डविथ कायम गरिएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो अफर उल्लेखित समयावधि भित्र नयाँ सेवा जडान गर्ने एवम् प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहनेछ । साथै, एफटीटीएच नयाँ जडानमा जडान शूल्क  ५०० रुपैयाँ मिनाहा समेत गरिएको छ ।

यसै गरी दशैं अफरअन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरुका लागि रु.७९९ मा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डाटा र ५०० अल नेट एसएमएस सुविधा सहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरिएको छ । साथै रु. २५० मा  १ हजार मिनेट अल नेट भ्वाइस सुविधा सहितको १ हजार मिनेट अल नेट भ्वाइस कल अफर र रु. ९९ मा १ हजार अन नेट एसएमएस सुविधाको १ हजार अन नेट एसएमएस प्याकेज समेत सञ्चालनमा ल्याइएको छ । यी सबै प्याकेजहरुमा  प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।  

आगामी कार्तिक २३ गतेसम्म आफ्नो मोबाइलबाट *1415*6#  डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिनेछ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.