बुधबार, असार १७,२०८३ 01:08:28
Bizshala
  • बुधबार, असार १७,२०८३ 01:08:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल टेलिकमको ‘ब्रान्ड एम्बेसडर’मा स्वस्तिमा खड्का

Laxmi Sunrise Bank Limited
नेपाल टेलिकमको ‘ब्रान्ड एम्बेसडर’मा स्वस्तिमा खड्का

काठमाण्डौ । नेपाल टेलिकमले अभिनेत्री स्वस्तिमा खड्कालाई कम्पनीको ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) का साथै कलाकार स्वस्तिमा खड्काले हस्ताक्षर गरे ।

New Office
CG Motors
Garima Development Bank

सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले नेपाली चलचित्र क्षेत्रको ख्यातिप्राप्त कलाकारसँगको सहकार्यले कम्पनीका सेवाहरुको प्रबर्धन एवम् बजारीकरण कार्यमा सहयोग पुग्ने बिश्वास व्यक्त गर्दै कम्पनीसँग आवद्धता तथा सहकार्यका लागि अभिनेत्री खड्काप्रति आभार प्रकट गरिन् ।

कार्यक्रममा ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काले नेपाल टेलिकम जस्तो गरिमामय एवम् सुपरिचित संस्थासँग आवद्ध हुन पाउँदा खुशी व्यक्त गरिन् । उनले ब्रान्ड एम्बेसडरको रुपमा कम्पनीको हित अभिवृद्धि हुने गरी कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस सम्झौतापछि ब्रान्ड एम्बेसडरले नेपाल टेलिकमका सेवाहरुको प्रचारप्रसार, व्यापार प्रवर्द्धन तथा ब्राण्ड संरक्षण सम्बन्धि कार्यहरु गर्नेछिन् । हाल एक वर्षको लागि सम्झौता सम्पन्न भएको र दुवै पक्षको आपसी सहमतिमा सम्झौताको अवधि थप गर्न सकिने व्यबस्था समेत सम्झौतापत्रमा उल्लेख रहेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.