बुधबार, असार १७,२०८३ 11:56:08
Bizshala
  • बुधबार, असार १७,२०८३ 11:56:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल टेलिकमद्वारा मनाङका दुर्गम स्थानहरुमा नयाँ बीटीएस स्थापना गरी मोबाइल सेवाको सञ्चालन

Laxmi Sunrise Bank Limited
नेपाल टेलिकमद्वारा मनाङका दुर्गम स्थानहरुमा नयाँ बीटीएस स्थापना गरी मोबाइल सेवाको सञ्चालन

काठमाण्डौ । नेपाल टेलिकमले हिमालपारीको जिल्ला भनेर चिनिने मनाङ जिल्लाका भू-धरातलीय तथा भौगोलिक हिसाबले अत्यन्तै दुर्गम र विकट स्थानहरुमा नयाँ बीटीएस स्थापना गरी मोबाइल सेवाको सञ्चालन तथा कतिपय स्थानहरुमा गुणस्तर अभिवृद्धिको कार्य सम्पन्न गरेको छ । .

विगत लामो समयदेखि गाउँपालिकाको वडा नं.-१ पिसाङ, वडा नं.-३ ªfवल, वडा नं.-८ टंकी मनाङ र वडा नं.-९ खाङसारमा V-SAT प्रविधिबाट 2G सेवा सञ्चालन हुँदै आएकोमा उक्त क्षेत्र पर्यटकीय दृष्टिकोणले समेत अत्यन्तै महत्वपूर्ण क्षेत्र भएको र पर्यटकका साथसाथै स्थानीय तथा व्यवसायीहरुको चापका कारण V-SAT प्रविधिबाट गुणस्तरीय सेवा प्रवाह गर्न कठिनाई महसुस भएपश्चात् ग्राहकहरुको मागलाई ध्यानमा राख्दै यही आश्विन ४ गतेदेखि कम्पनीले 4G सेवा सञ्चालनमा ल्याएको छ । 

New Office
CG Motors
Garima Development Bank

भौगोलिक विकटताका कारणले Radio Link बाट समेत सेवा सञ्चालन गर्न नसकिएको अवस्थामा बेँसीसहर-खाङसार ADSS Link सञ्चालन भएपछि उक्त क्षेत्रमा 4G मोबाइल सेवा सञ्चालन सम्भव भएको हो । यसका साथै तिलिचो बेस क्याम्प र थोरोङफेदीमा पनि निकट भविष्यमा 4G मोबाइल सेवा सञ्चालनका लागि प्रक्रिया अघि बढिसकेको छ । 

चामे गाउँपालिका-३ स्थित कोटोगाउँमा मोबाइल नेटवर्कको कभरेज रामो नभएको गुनासोलाई सम्बोधन गर्न सेवाको गुणस्तरका सम्बन्धमा स्थानीय वासिन्दा तथा हाइड्रोपावर क्षेत्रमा काम गर्ने सयौं ग्राहकको मागलाई ध्यानमा राख्दै नयाँ बीटीएस स्थापना गरी यही आश्विन १ गतेदेखि 2G र 4G मोबाइल सेवा सञ्चालनमा ल्याइएको हो । 

यसैगरी नासोङ गाउँपालिका वडा नं.-१ तालगाउँमा 2G र 3G सेवाप्रवाह हुँदै आएकोमा आश्विन ५ गतेदेखि 4G सेवा थप गरी सञ्चालनमा ल्याइएको छ . यस स्थानमा थप गरिएको 4G सेवाको बीटीएसले लमजुङ जिल्लाको उत्तरी खण्डको च्याम्चे क्षेत्रलाई समेत कभरेज गर्नेछ । 

मनाङ जिल्लाका धेरै स्थानमा सेवाको स्तरोन्नतीका साथै नयाँ सेवा सञ्चालनमा आएसँगै नार्पाभूमी गाउँपालिका बाहेकका अन्य सम्पूर्ण पालिकाहरुमा नेपाल टेलिकमको 4G  मोबाइल सेवा पुगेको छ । नार्पाभूमीका नार र फू गाउँ तथा नासोङ गाउँपालिकाको भिम्थाङ कोठी गाउँमा भने V-SAT प्रणालीबाट सेवा सञ्चालन भैरहेको छ .। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.