बुधबार, असार २५,२०८२ 11:17:55
  • बुधबार, असार २५,२०८२ 11:17:55
Global IME Bank Limited

निफ्राको अगुवाईमा सेतीखोला क्यासकेडका लागि जुट्यो लगानी

Hyundai Nepal
निफ्राको अगुवाईमा सेतीखोला क्यासकेडका लागि जुट्यो लगानी
Shivam Cement

काठमाण्डौ । सेतीखोला जलविद्युत आयोजनाको क्यासकेड आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन सम्झौता भएको छ । ९.८ मेगावाटको उक्त आयोजना निर्माणका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को अगुवाइमा कर्जा लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–३३ र तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ भएर बग्ने सेती नदीमा यो आयोजना निर्माण हुने छ । लगानी सम्झौतापत्रमा सेतीखोला हाइड्रोपावर लिमिटेडका अध्यक्ष अनुप आचार्य र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरे ।  

CG Motors
Muktinath Bikas Bank Limited

आयोजनाको कुल लागत १ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । जसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वः पुँजीमा आयोजना बनाउन लागिएको हो । स्वः पूँजीतर्फ आफ्नो समूहका अतिरिक्त डोल्मा इम्प्याक्ट फन्डको लगानी रहने छ ।  

सेतीखोला हाइड्रोले नै निर्माण गरिरहेको २२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । सोही परियोजनाको टेलरेसबाट निस्केको पानी सदुपयोग गर्ने गरी सेतीखोला क्यासकेड जलविद्युत् आयोजना (९.८ मेगावाट) बनाउन लागिएको हो । आयोजनाको प्राविधिक परामर्शदाता क्लिन इनर्जी कन्सल्टेन्स रहेको छ ।  

आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग २०८० कात्तिक १ गते विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको छ । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि ४।४ किलोमिटर दुरीको ३३ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत सेतीखोला जलविद्युत आयोजनाको स्विचयार्डमा पुर्याइने छ । 

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.