मंगलवार, असार ३१,२०८२ 09:00:09
  • मंगलवार, असार ३१,२०८२ 09:00:09
Global IME Bank Limited

करिब ३५ अंकले बढ्यो नेप्से, सबै समूहमा हरियाली

Hyundai Nepal
करिब ३५ अंकले बढ्यो नेप्से, सबै समूहमा हरियाली
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.२६ प्रतिशत अर्थात ३४.४६ अंकले बढेर २ हजार ७६०.१७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.४८ प्रतिशतले बढेर ४८१.४० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको २ करोड ६५ लाख १७ हजार २०९ कित्ता सेयर ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्,  ‘अघिल्लो दिन नाफा बुक र उधारो सेटलमेन्टले घटेको बजारमा आज सुधार देखिएको छ । मौद्रिक नीतिमार्फत नीतिगत परिवर्तन भएका कारण स्मार्ट लगानीकर्ता बजार पसेका छन् । यस्तै वित्तीय क्षेत्र सुधार आयोगले पनि नेपाल राष्ट्र बैंकलाई राम्रा सुझाव दिएको छ । यी सबै कुरा हेर्दा अब लगानीकर्ताको गुनासो खासै छैनन् ।यही कारण बजारले थप गति लिन्छ ।’

Muktinath Bikas Bank Limited

अर्का बजार जानकार देव गुरागाईले आव २०८२/८३ मा बजारले अल टाइम हाईको उचाई हासिल गर्ने दाबी गरे । त्यसका लागि अहिले आधारहरु बनिरहेको उनले बताए । ‘न्यून ब्याजदर, सकारात्मक मौद्रिक नीति, बजारबाट मन्दी कम हुँदै जानु र लगानीकर्ता सचेत बन्द जानु जस्ता विषयले बजार नयाँ उचाईतर्फ लागेको उनले दाबी गरे ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूह मा हरियाली छायो । आज बैंकिङ समूह सर्वाधिक अर्थात १.९२ प्रतिशतले बढ्यो ।

यस्तै विकास बैंक १.५६, फाइनान्स १.८२,होटल १.८२,होटल १.१५,हाईड्रो १.६७,लगानी १.३८,जीवन बीमा ०.७१, उत्पादन तथा प्रशोधन ०.८०,लघुवित्त १.५५,म्युचुअल फण्ड ०.८०, निर्जीवन बीमा ०.९६,अन्य ०.३८ र व्यापार समूह ०.९० प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन बुटवल पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५२ करोड ३२ लाख बढीको कारोबार भयो । राधी विद्युत कम्पनीको पनि आज ४३ करोड ९७ लाख, एनआईसी एशिया बैंकको ३० करोड ३१ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ३० करोड बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज सुपर मादी हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ८.०८ प्रतिशतले बढ्यो ।  

यस्तै राप्ती हाईड्रोको सेयरमूल्य ५.८६ प्रतिशत,बिन्ध्यवासिनी हाईड्रोको ५.७१ प्रतिशत र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्य ५.४३ प्रतिशतले बढ्यो ।  

भगवती हाईड्रोपावर आज सर्वाधिक गुमाउने कम्पनीको रुपमा रह्यो । यो कम्पनीको सेयरमूल्य आज ४.६४ प्रतिशतले खस्कियो । शुभम पावरको सेयरमूल्य पनि ३.३३ प्रतिशत र चिरख्वा हाईड्रोको सेयरमूल्य ३.२६ प्रतिशतले घट्यो ।    

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.