सोमबार, जेष्ठ ४,२०८३ 06:38:59
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 06:38:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भयानक दृश्य: जहाजबाट उठ्यो कालो धुँवा, हामफाल्दै बाँच्न खोजे सयौँ यात्रु

Laxmi Sunrise Bank Limited
भयानक दृश्य: जहाजबाट उठ्यो कालो धुँवा, हामफाल्दै बाँच्न खोजे सयौँ यात्रु
Shivam Cement

जकार्ता । इन्डोनेसियाको उत्तर सुलावेसीस्थित तालिस द्वीप नजिकै एक यात्रुबाहक डुङ्गामा भीषण आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने करिब १५० जनाको उद्दार गरिएको छ।

'केएम बार्सिलोना वीए' नामको सो जहाज आइतबार करिब २८० यात्रु लिएर मनाडो बन्दरगाहतर्फ जाँदै थियो। दोपहर करिब १:३० बजे जहाजमा अचानक आगो लागेको हो। आगो यति भयावह थियो कि केही यात्रु ज्यान जोगाउन समुद्रमा हामफालेका थिए।

Bizshala
New Office
CG Motors

समुद्रमा हामफालेर बच्न खोजे

सामाजिक सञ्जालमा घटना सम्बन्धी एक भिडियो पनि भाइरल भएको छ, जसमा जहाजबाट डरलाग्दो आगोको मुस्लो देखिन्छ। एक यात्रु अब्दुल रहमद अगुले फेसबुक लाइभमार्फत उक्त त्रासदीपूर्ण दृश्य कैद गरेका छन्। भिडियोमा उनले एक बालकलाई काखमा लिएर समुद्रमा पौडिरहेको देखिन्छ। केही यात्रुहरूले लाइफ ज्याकेट लगाएका थिए।

तीनको मृत्यु, सयौँको सकुशल उद्दार

प्रान्तीय खोज तथा उद्धार कार्यालयका वरिष्ठ अधिकारी वेरी अरियान्तोले सिन्हुआ समाचार संस्था संग बताएअनुसार, "तीन जनाको मृत्यु भइसकेको छ। करिब १५० जनाको उद्दार गरिएको छ। उद्धार कार्यमा सुरक्षाकर्मी र स्थानीय माछा मार्ने डुङ्गाहरूको संयुक्त टोली खटिएको थियो।"

Garima Development Bank
Shivam Cement
IME remit

डुङ्गाको पछाडिको भागबाट आगो सुरु

घटनाका प्रत्यक्षदर्शी एवम् यात्रु अलविना इनाङका अनुसार आगो जहाजको पछाडिको भागबाट सुरु भएको थियो। "करीब १२ बजेको समयमा कसैले चिच्याउँदै भन्यो – डुङ्गाको पछाडिबाट आगो लाग्यो! त्यसपछि सबै त्रासमा परेका थियौं," उनले अन्तरा न्यूजलाई बताइन्। उनी इन्डोनेसियाली ट्राफिक प्रहरी अधिकारी क्रिश्चियन एमकी पत्नी हुन्।

विलम्बित प्रस्थान र सम्भावित मेशिन खराबीको शंका

केएम बार्सिलोना वी जहाज तलौद द्वीपबाट प्रस्थान गरेको थियो र मनाडो बन्दरगाहमा डक गर्न लागेको थियो। अघिल्लो दिन आएको आँधीका कारण प्रस्थान ढिला भएको र यसले जहाजमा सम्भावित मेशिन वा अपरेसन सम्बन्धी गडबडीको संकेत दिएको अधिकारीहरूले जनाएका छन्।

आगलागीको कारणबारे अनुसन्धान सुरु

मनाडो खोज तथा उद्धार कार्यालयका प्रमुख जर्ज लियो मर्सी रन्दाङले प्रारम्भिक प्रतिक्रिया दिँदै भने, "अझ विस्तृत जानकारी पछि दिइनेछ। हामी आशावादी छौं कि सबै यात्रुहरूको उद्दार हुनेछ।" प्रारम्भिक अनुमानमा विद्युतीय गडबडी, इन्धन चुहावट वा इन्जिन फेलजस्ता कारणहरूलाई सम्भावित मानिएको छ।

यो दुखद दुर्घटनाले इन्डोनेसियाको समुद्री यात्रासुरक्षा प्रणालीमाथि पुनः गम्भीर प्रश्न उठाएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.