मंगलवार, श्रावण ६,२०८२ 09:06:27
  • मंगलवार, श्रावण ६,२०८२ 09:06:27
Global IME Bank Limited

भूगोल इनर्जीले शतप्रतिशत हकप्रद जारी गर्ने, डाक्यो विशेष साधारण सभा

Hyundai Nepal
भूगोल इनर्जीले शतप्रतिशत हकप्रद जारी गर्ने, डाक्यो विशेष साधारण सभा
Shivam Cement

काठमाण्डौ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रदको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । साउन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही साउन २२ गते विशेष साधारण सभा डाकेको हो ।  

उक्त सभा काठमाण्डौको पुरानो बानेश्वरमा रहेको काजीको किचनमा बिहान ९ बजेदेखि सुचारु हुनेछ ।  

Muktinath Bikas Bank Limited

सभामा कम्पनीको हाल कायम चुक्तापूँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने र सो अनुसार प्राप्त हुने रकमको उपयोगको सम्बन्धमा सञ्चालक समितिले गरेको निर्णय अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्तापूँजी वृद्धि गर्ने र नियमनकारी निकायबाट प्रस्तावहरुमा कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले यही साउन १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअर्थ साउन १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको विेशष साधारण सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.