मंगलवार, श्रावण ६,२०८२ 09:50:29
  • मंगलवार, श्रावण ६,२०८२ 09:50:29
Global IME Bank Limited

दुई लघुबीमाको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा हिमालयन लाइफ

Hyundai Nepal
दुई लघुबीमाको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा हिमालयन लाइफ
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ८०.९७ अंकले बढेर २९७३.७० विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१९ कम्पनीको ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता सेयर किनबेच हुँदा २० अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । 

आज बीमा समूहका दुबै उपसूचक बढेका छन् । जीवन बीमा समूह ४.३६ प्रतिशत र निर्जीवन बीमा समूह २.५६ प्रतिशतले बढेको छ । आज बीमा कम्पनीहरुमा गार्डियन माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्सको मात्रै सेयरभाउ घटेको छ भने बाँकी सबै कम्पनीको बढेको छ । गार्डियनको सेयरभाउ ०.११ प्रतिशतले घटेर २१९७.२१ रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्सको सेयरभाउ ०.१९ प्रतिशतले घटेर १७५५.७१ रुपैयाँ कायम भएको छ । 

Muktinath Bikas Bank Limited

सर्वाधिक कमाउनेमा भने हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ७.१४ प्रतिशतले बढेर ४४९.५९ रुपैयाँ पुगेको छ । त्यस्तै, एशियन लाइफको ४.२० प्रतिशत, क्रेष्ट माइक्रो लाइफको १.०६ प्रतिशत, सिटिजन लाइफको ५.३५ प्रतिशत, आइएमई लाइफको ३.७८ प्रतिशत, एलआइसी नेपालको ४.०८ प्रतिशत, नेपाल लाइफको ५ प्रतिशत, नेशनल लाइफको २.२६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ३.९८ प्रतिशत, रिलायबल नेपाल लाइफको ३.५६ प्रतिशत, सूर्यज्योति लाइफको ४.७६ प्रतिशत, सन नेपाल लाइफको ४.९५ प्रतिशत र सानिमा रिलायन्स लाइफको ४.२६ प्रतिशतले बढेको छ । 

यसका साथै हिमालयन एभरेष्टको २.१६ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ३.८६ प्रतिशत, नेपाल इन्स्योरेन्सको ३.०५ प्रतिशत, नेको इन्स्योरेन्सको २.४५ प्रतिशत, एनएलजीको ४.५३ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.८२ प्रतिशत, आरबीसीएलको २.७० प्रतिशत, सलिकोको १.६४ प्रतिशत, सानिमा जिआइसीको २.३० प्रतिशत, शिखरको ३.२७ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.६८ प्रतिशत र युनाइटेड अजोडको २.४४ प्रतिशतले सेयरभाउ बढेको छ । यता पुनर्बीमातर्फ हिमालयन रि को सेयरभाउ १.८६ प्रतिशतले बढेर १०५८.८६ रुपैयाँ र नेपाल रि को सेयरभाउ ३.७३ प्रतिशतले बढेर १५५०.८८ रुपैयाँ पुगेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.