काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट शतप्रतिशत हकप्रद निष्कासनको अनुमति प्राप्त गरेको हो ।
बोर्डले कम्पनीलाई साउन ९ गते अनुमति दिएको हो । बोर्डबट अनुमति पाएसँगै अब कम्पनीले शतप्रतिशत अर्थात ७० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका कुल ७० लाख कित्ता हकप्रद जारी गर्नेछ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।