काठमाण्डौ । सीजी मोटर्सले ग्ली अटो ग्रुपसँगको सहकार्यमा इलेक्ट्रिक पिकअप रिडारा आरडी६ का लागि नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ।अब ग्राहकहरूले मात्र रु.९.९९ लाख डाउन पेमेन्टमै यो अत्याधुनिक ईभी पिकअप आफ्नो बनाउन सक्नेछन्। यस अफरमार्फत सीजी मोटर्सले विद्युतीय मोबिलिटीलाई अझै पहुँचयोग्य, विश्वासिलो, रसुविधासम्पन्न बनाउने उद्देश्यलाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ।
रिडारा आरडी६ २डब्लूडीमा ६३ ६३ किलोवाट क्षमताको ब्याट्री, २०० किलोवाट आवर पावर, र ३८५ एनएम टर्क दिने सिंगल इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले ३७७ किमीको ड्राइभिङ रेन्ज प्रदान गर्छ। ग्ली को एमएपी प्लेटफर्ममा आधारित यो पिकअपमा इन्डीपेन्डेन्ट सस्पेन्सन जडान गरिएको छ, जसले नेपाली सडकमा अझै आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्ने कम्पनीको भनाई छ ।
यसमा १२०० लिटर क्षमताको कार्गोबेड, ७० लिटरको फ्रन्ट ट्रंक, र भी२ एल प्रविधि जडान गरिएको छ, जसले गाडीमार्फत बाह्य उपकरण चार्ज गर्न सकिने सुविधा दिन्छ। साथै, कम्फर्ट, इकोनोमी, अफरोड जस्ता ३ ड्राइभमोड, ३६० डिग्री क्यामेरा, म्याट्रिक्स एलईडी हेडलाइट, र ६६ प्रतिशत हाईस्ट्रेन्थ स्टीलले बनेको मजबुत बडी यो गाडीका थप विशेषता हुन्।
यस विशेष योजना अन्तर्गत ग्राहकहरूलेः
–आकर्षक क्यासब्याक अफर
–निःशुल्क एसेसोरीहरू
–रु. ३लाखसम्मको एक्सचेन्ज टप–अप बोनस पाउनेछन्।
सुलभ चार्जिङ र सेवाका लागि सीजी मोटर्सले २६०ं भन्दा बढी चार्जिङ स्टेसनहरू र २०ं सेवा केन्द्रहरू नेपालको विभिन्न भू–भागमा सञ्चालनमा ल्याएको छ ।