बिहीबार, असार ४,२०८३ 06:09:36
Bizshala
  • बिहीबार, असार ४,२०८३ 06:09:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रास्वपाको महाधिवेशनमा करिब ४ करोड खर्च हुने अनुमान, प्रतिनिधि शुल्क र सहयोगबाट महाधिवेशन खर्च जुटाइने

Laxmi Sunrise Bank Limited
रास्वपाको महाधिवेशनमा करिब ४ करोड खर्च हुने अनुमान, प्रतिनिधि शुल्क र सहयोगबाट महाधिवेशन खर्च जुटाइने
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री कविन्द्र बुर्लाकोटीले पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न करिब ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरेका छन् ।  

पार्टीको सचिवालय बैठकपछि निर्णय सार्वजनिक गर्दै  महामन्त्री बुर्लाकोटीले महाधिवेशनको खर्च व्यवस्थापनका लागि प्रतिनिधिहरूबाट संकलन गरिने दर्ता शुल्क, पार्टी सदस्यहरूको योगदान तथा शुभेच्छुकहरूबाट प्राप्त हुने आर्थिक सहयोग मुख्य स्रोतका रूपमा रहने जानकारी दिए ।  

Bizshala
New Office
CG Motors

पार्टीले महाधिवेशनलाई मितव्ययी र व्यवस्थित बनाउन विभिन्न सेवा तथा सामग्री प्रदायक संस्थासँग सहकार्य र सहुलियतका विषयमा छलफल गरिरहेको जनाएको छ।

महामन्त्री बुर्लाकोटीले क्याटरिङ, आवास, व्यवस्थापन तथा अन्य सेवा क्षेत्रमा लाग्ने खर्च कम गर्न सम्बन्धित व्यवसायीहरूसँग समन्वय भइरहेको जानकारी दिए।  

उनका अनुसार केही सेवा प्रदायकले नाफारहित वा न्यूनतम शुल्कमा सेवा उपलब्ध गराउने प्रस्तावसमेत गरेका छन्।

विशेषगरी क्याटरिङ क्षेत्रमा लागत मूल्यमा मात्रै सेवा दिने प्रस्ताव आएको उनले बताए।

उनले पार्टीका कार्यकर्ता, सदस्य तथा समर्थकबाट प्राप्त हुने सहयोग र उत्साहले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक स्रोत जुट्ने विश्वास व्यक्त गरे। 

रास्वपाले महाधिवेशनलाई संगठन विस्तार, नेतृत्व चयन तथा भावी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा असार ७ देखि ९ गतेसम्म आयोजना हुँदैछ।  

महाधिवेशनको उद्घाटन सत्र असार ७ गते भरतपुरस्थित गेस्ट हाउस मैदानमा हुनेछ भने असार ८ र ९ गते उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्दसत्र सञ्चालन गरिने कार्यक्रम तय गरिएको छ।

महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिनेछ। पहिलो चरणमा एक जना सभापति र ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुनेछ।  

त्यसपछि निर्वाचित सदस्यहरूबाट दोस्रो चरणमा तीन जना उपसभापति, दुई जना महामन्त्री र चार जना सहमहामन्त्री चयन गरिने व्यवस्था गरिएको पार्टीले जनाएको छ।

रास्वपाले महाधिवेशनलाई पार्टीको संगठनात्मक सुदृढीकरण र आगामी राजनीतिक रणनीति निर्धारणको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.