काठमाण्डौ । सागर डिष्टिलरी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले साउन १२ गते नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो ।
बोर्डले कम्पनीलाई रु.१०० अंकित दरका कुल १४ लाख ५२ हजार कित्ता साधारण सेयर निष्कासनको अनुमति दिएको हो ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।