IME remit
  • मंगलवार, कार्तिक ११,२०८२ 08:57:48
IME remit
Global IME Bank Limited

लक्ष्मी सनराइज क्यापिटलका तीनवटा म्युचुअल फण्डको आकर्षक लाभांश घोषणा, कुनको कति ?

Hyundai Nepal
लक्ष्मी सनराइज क्यापिटलका तीनवटा म्युचुअल फण्डको आकर्षक लाभांश घोषणा, कुनको कति ?
Shivam Cement

काठमाण्डौ । लक्ष्मी सनराईज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेका तीनवटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८१ ८२ का लागि लाभांश घोषणा गरेका छन् ।  

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित खुलामुखी योजना शुभलक्ष्मी कोष तथा लक्ष्मी भ्यालु फण्ड–२ र सनराईज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराईज ब्लुचिप फण्ड योजनाले आर्थिक वर्ष २०८१/८२ का लागि इकाईधनीले पाउने प्रतिफल घोषणा गरेका हुन् । 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

यो क्यापिटलको साउन १२ गते दिउँसो ४ बजे बसेको सञ्चालक समितिको १५४ औं बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि शुभलक्ष्मी कोषको करसहित १६ प्रतिशत, लक्ष्मीभ्यालु फण्ड–२ को करसहित १५ प्रतिशत र सनराईज ब्लुचिप फण्डको करसहित १९ प्रतिशत प्रतिफल वितरणको निर्णय गरेको हो ।  

शुभलक्ष्मी कोषको लागि मिति २०८२/०४/१२ गते दर्ता किताबमा कायम इकाईधनीहरु मात्र योग्य हुने क्यापिटलले जनाएको छ ।  

यस्तै, लक्ष्मीभ्यालु फण्ड–२ र सनराईज ब्लुचिप फण्ड योजनाको लागि अर्को सूचना प्रकाशित गरी दर्ता किताव बन्दबारेको सूचना प्रकाशित हुने बताइएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

शुभलक्ष्मी कोष योजनामा लाभांश पुनःलगानी योजनामा दर्ता भएका इकाईधनीहरुको प्राप्त प्रतिफल बरावरको इकाई (कर तथा निर्धारित डिपि शुल्कपछिको प्रतिफल रकम बराबरले हुन आउने रकम समायोजित खुद सम्पत्ति मूल्यमा पुनः लगानी गरी) सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा सोझै जम्मा गरिने बताइएको छ ।  

साथै, लाभांश पुनःलगानी योजनामा सहभागी नहुने इकाईधनीहरुको हकमा प्रतिफल रकम हितग्राही खातामा उल्लेखित बैंक खातामा सोझै जम्मा गरिने पनि क्यापिटलले प्रष्ट्याएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.