काठमाण्डौ । ललितपुरको गोदावरीमा १ अर्ब ९५ करोड लागतमा गोदावरी फरेस्ट रिसोर्ट तयार भएको छ। यो रिसोर्ट निर्माण थालनी भएको ७ वर्षमा सम्पूर्ण रुपमा तयार भएको हो ।
रिसार्टलाई आगामी दशैंअघिबाट सञ्चालनमा ल्याउने तयारी यसको व्यवस्थापन पक्षले गरिहरको छ ।
यो रिसोर्टमा कुल ८३ वटा कोठासहित ६० जना क्षमताको दुईवटा रेष्टुरेन्ट, भीआईपी मिटिङ हल, एउटा इन्फिनिटिभ स्विमिङ पुल, फिटनेश सेन्टर, ब्युटीपार्लर,गिफ्ट सप आदि रहेका छन् ।
यो रिसोर्टले यस क्षेत्रमा आउने पर्यटकहरुलाई उच्च स्तरिय सेवा प्रदान गर्दै नेपालको पर्यटन विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ ।
यो रिसोर्टमा कुशन्द्र महत, कल्याण जोशी, राजेन्द्र भण्डारी, युवराज श्रेष्ठ, मदनलाल जोशीलगायतको संयुक्त लगानी रहेको छ।