काठमाण्डौ । श्रीनगर एग्रोटेक इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट रु.१०० अंकित दरका कुल ३२ लाख ६२ हजार ५ सय कित्ता आईपीओ जारी गर्न अनुमति पाएको हो ।
बोर्डले कम्पनीलाई साउन १३ गते अनुमति प्रदान गरेको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इनभेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।