काठमाण्डौ । शिव श्री हाइड्रोपावर लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि साउन १६ गते बुक क्लोज गर्दैछ ।
यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।
कम्पनीले १ः१ अनुपातमा १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट साउन ४ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको हो ।