शुक्रबार, श्रावण १६,२०८२ 11:04:08
  • शुक्रबार, श्रावण १६,२०८२ 11:04:08
Global IME Bank Limited

यस्ता छन् मन्त्रिपरिषदका १८ निर्णय

Hyundai Nepal
यस्ता छन् मन्त्रिपरिषदका १८ निर्णय
Shivam Cement

काठमाण्डौ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहिबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै साउन १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।  

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयः

१.बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनःस्थापनाको लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने ।

२.रानी जमरा कुलरिया सिँचाइ आयोजना(तेस्रो चरणका लागि विश्व बैंक समूहको अन्तराष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १३७ मिलियन अमेरिकी डलर (करिब १८ अर्ब ९२ करोड नेपाली रुपियाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने ।

३.विद्युत वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरण आयोजनाको लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने ८६.७ मिलियन अमेरिकी डलर बराबरको Shorter Maturity Loan तथा ३३.३ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण गरी जम्मा १२० मिलियन अमेरिकी डलर (करिब १६ अर्ब ७४ करोड नेपाली रुपियाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने ।

Muktinath Bikas Bank Limited

४.Power Distribution Strengthening Program (PoSiSP) को लागि जर्मन सरकारले प्रदान गर्ने २० मिलियन युरोबराबरको अनुदान सहायता स्वीकार गर्ने ।

५.राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानलगायत निकायका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्नेसम्बन्धमा सुझावसहितको प्रतिवेदन पेश गर्न रामु प्रसाद डोटेल, पर्वतको संयोजकत्वमा, श्री रमेश प्रसाद शिवाकोटी, दोलखा र चण्डी प्रसाद घिमिरे, ललितपुर सदस्य रहनेगरी कार्यदल गठन गर्ने ।

६.नेपाल-भारत पारवहन सन्धि, २०२३ को प्रोटोकलमा संशोधन गर्ने सम्बन्धी Letter of Exchange स्वीकृत गर्ने र उक्त LOE मा नेपाल सरकारको तर्फबाट ्र हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने ।

७.२०८२ भदौ २३ देखि २५ गतेसम्म पेरिसमा आयोजना हुने क्ष्लतभचलबतष्यलब िँयचगm यल एगmउभम क्तयचबनभ ज्थमचयउयधभच कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री माननीय दिपक खड्कालाई सहभागी हुन स्वीकृति दिने ।  

८.२०८२ भदौ २३ देखि २५ गतेसम्म पेरिसमा आयोजना हुने International Forum on Pumped Storage Hydropower कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री माननीय दिपक खड्कालाई सहभागी हुन स्वीकृति दिने । २०८२ भदौ २ देखि १३ गतेसम्म संयुक्त राष्ट्रसंघको मुख्यालय, न्यूयोर्कमा आयोजना हुने Marine Biodiversity of Areas Beyond National Jurisdiction (BBNJ) Preparatory Commission को दोस्रो सत्रको बैठकमा नेपालको तर्फबाट सहभागिता जनाउनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव श्री पाराश्वर ढुङ्गानालाई स्वीकृति दिने।

९. न्याय तथा न्याय सेवा आयोगको सिफारिसअनुसार सर्वोच्च अदालतका सहरजिस्ट्रार मानबहादुर कार्कीलाई नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा नियुक्त गरी सर्वोच्च अदालतको रजिस्ट्रार पदमा पदस्थापन गर्ने।  

१०.न्याय सेवा आयोगको सिफारिसअनुसार सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेललाई नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार पदमा बढुवा नियुक्त गर्ने ।

११. २०८२ साउन १३ देखि १५ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना CARE for South Asia Project Completion and Dissemination Workshop  सम्बन्धी कार्यक्रममा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

१२.२०८२ साउन १८ देखि २३ गतेसम्म Third United Nations Conference on Landlocked Developing Countries (LLDC3 ) मा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा तुर्कमेनिस्तानको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र उक्त भ्रमण स्वीकृत गर्ने ।

१३.नेपाल इन्जिनियरिङ परिषद्‌को रजिष्ट्रार पदमा ध्रुबराज भट्टराई, तनहुँलाई नियुक्त गर्ने ।

१४.राष्ट्रिय युवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने ।  

१५ं नेपाली सेनातर्फ एकजना सहायक रथीको उपरथी पदमा र छ जना प्रमुख सेनानीहरूको महासेनानी पदमा बढुवा गर्ने । साथै, छ जना महासेनानीहरूको सरुवा गर्ने ।

१६ कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अवस्थित आरोहणका लागि खुला गरिएका ९७ वटा हिमालहरूमा लाग्ने सलामी रकम आव २०८२/८३ र आव २०८३/८४ दुई आर्थिक वर्षका लागि पर्यटन ऐन, २०३५ को दफा ३६ तथा पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ को नियम ३२ को देहाय (ख) बमोजिम पूर्णरूपमा छुट दिने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने ।

१७.भक्तपुर क्यान्सर अस्पताल विकास समिति (गठन) आदेश, २०७७ को दफा ९ को उपदफा (२) बमोजिम डा. उज्जवल चालिसे, कास्कीलाई भक्तपुर क्यान्सर अस्पताल विकास समितिको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने।  

१८ न्याय सेवा आयोगको सिफारिसबमोजिम सहन्यायाधिवक्ता सूर्यराज दाहालको नायवमहान्यायाधिवक्ता पदमा बढुवा गरी वेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगको सचिव पदमा पदस्थापन गर्ने र वेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगका सचिव खेमराज जवालीको महान्यायाधिवक्ताको कार्यालयको नायबमहान्यायाधिवक्ता पदमा सरुवा गर्ने।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.