काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निश्कासनको अनुमति दिएको छ ।
सो बैंकलाई हाल कायम चुक्तापूँजीको १ बराबर १ को दरले हकप्रद सेयर निश्कासनको अनुमति दिइएको बोर्डले जनाएको छ ।
हाल कम्पनीको चुक्तापूँजी २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँ रहेको छ । हकप्रद निश्कासनपछि चुक्तापूँजी बढेर साढे ५२ करोड माथि पुग्नेछ ।
हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
दोश्रो बजारमा बिहीबार नारायणी डेभलपमेन्ट बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १ हजार ६६० रुपैयाँ कायम भएको छ।
यो बैंकले हाल चितवन र पर्सामा ५ वटा शाखा सञ्चालन गरिरहेको छ ।