आईतवार, श्रावण २५,२०८२ 04:43:27
  • आईतवार, श्रावण २५,२०८२ 04:43:27
Global IME Bank Limited

सिटिजन्स बैंकको लाभांश क्षमता बढ्यो, खूद ब्याज आम्दानीमा लोभलाग्दो प्रगति

Hyundai Nepal
सिटिजन्स बैंकको लाभांश क्षमता बढ्यो, खूद ब्याज आम्दानीमा लोभलाग्दो प्रगति
Shivam Cement

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडको लाभांश क्षमता बढेको छ ।  

आर्थिक वर्ष २०८१ ८२ को चौथो त्रैमाससम्ममा बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लाभांश क्षमता बढाएको हो ।  

बैंकले शनिवार प्रकाशित गरेको २०८१ ८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार समीक्षा अवधिका लागि लाभांश क्षमता ५.२५ प्रतिशत कायम भएको हो । अघिल्लो वर्ष यस्तो क्षमता ४.३२ प्रतिशतमा सीमित रहेको थियो । अघिल्लो वर्ष ६१ करोड ३२ लाखमा सीमित वितरणयोग्य मुनाफा बढेर ७७ करोड ५४ लाखको उचाईमा पुगेसँगै लाभांश क्षमतामा सुधार देखिएको हो । 

Shivam Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिमा बैंकको खूद नाफा भने घटेको देखिएको छ । अघिल्लो वर्षको समान अवधिमा बैंकको खूद नाफा १ अर्ब ३२ करोड रहेकोमा घटेर यो वर्ष १ अर्ब १ अर्ब २९ करोडमा सीमित बन्न पुगेको हो ।  

खूद नाफा घटेसँगै अघिल्लो वर्ष ९.३० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी पनि घटेर ८.७६ रुपैयाँमा सीमित बन्न पुगेको छ ।  

अघिल्लो वर्ष २ अर्ब ४ करोड रहेको सञ्चालन मुनाफा यो वर्ष २ अर्बमा सीमित भएको छ भने ५ अर्ब ७२ करोडमा सीमित खूद ब्याज आम्दानी चाहिँ बढेर ६ अर्ब ३६ करोडको उचाईमा पुगेको छ । ब्याजदर निरन्तर घटेको अवधिमा समेत बैंकले खूद ब्याज आम्दानी बढाउनुलाई सकारात्मक ढंगले हेर्न सकिन्छ । 

अघिल्लो वर्ष यही अवधिमा ४.१० प्रतिशतमा सीमित खराब कर्जा अनुपात बढेर यो वर्ष ४.९४ प्रतिशत पुगेका कारण समेत निकै राम्रो ब्याज आम्दानी हुँदा समेत नाफा घटेको र त्यसको प्रभाव लाभांश क्षमता तथा इपीएसमा परेको देखिन्छ ।  

निस्क्रिय कर्जा बढेकै कारण बैंकले समीक्षा अवधिमा २ अर्ब ६७ करोड बढी सम्भावित जोखिम व्यवस्थापनका लागि इम्पेयरमेन्ट चार्जमा छुट्याउनु परेको छ । अघिल्लो वर्ष १ अर्ब ७२ करोड मात्र छुट्याउनु परेको थियो ।  

समीक्षा अवधिसम्म बैंकको निक्षेप संकलन २ खर्ब ११ अर्ब ५० करोड तथा कर्जा प्रवाह १ खर्ब ६८ अर्ब ९५ करोड रहेको छ । अघिल्लो वर्षको यही अवधिसम्म निक्षेप संकलन १ खर्ब ८९ अर्ब २३ करोड तथा कर्जा प्रवाह १ खर्ब ५३ अर्ब ३४ करोडमा सीमित थियो ।  

समीक्षा अवधिका लागि बैंकको रिटर्न अन इक्वीटी(आरओई) ५.८१ प्रतिशत, रिटर्न अन एसेट ०.५५ प्रतिशत, प्रतिसेयर नेटवर्थ १५५.४२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २६.०६ गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.