• मंगलवार, श्रावण २७,२०८२ 12:32:58
Global IME Bank Limited

आम्दानी बढेसँगै घलेम्दी हाईड्रोको घाटामा कमी

Hyundai Nepal
आम्दानी बढेसँगै घलेम्दी हाईड्रोको घाटामा कमी
Shivam Cement

काठमाण्डौ । आम्दानी बढेसँगै घलेम्दी हाईड्रो लिमिटेडको घाटामा कमी आएको छ । गत आवको चौथो त्रैमाससम्म कम्पनी ३ करोड ३३ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनी ७ करोड ६९ लाख घाटामा थियो ।  

कम्पनीको कुल आम्दानी २५.१६ प्रतिशतले बढेको छ । कम्पनीको कुल आम्दानी १५ करोड ५२ लाख रुपैयाँ रहेको छ । जसमा विद्युत बिक्रीमार्फत १२ करोड ३८ लाख, ब्याज आम्दानी ३ करोड १२ लाख र अन्य आम्दानी १ लाख ७ हजार रुपैयाँ रहेको छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

कम्पनीको कुल खर्चमा कमी आएको छ । अघिल्लो आवमा १९ करोड ५४ लाख रहेको कुल खर्च घटेर १८ करोड ७ लाख रुपैयाँमा सीमित बनेको छ । १ अर्ब ६५ करोड चुक्तापूँजी भएको कम्पनीको रिजर्भ २४ करोड २८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । सेयर प्रिमियम शीर्षकमा कम्पनीले १८ करोड १५ लाख रुपैयाँ छुट्टाएको छ । कम्पनीको अल्पकालिन कर्जा ६ करोड १८ लाख र दीर्घकालिन कर्जा ६८ करोड ५९ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.९१ रुपैयाँ ऋणात्मक,प्रतिसेयर  नेटवर्थ ९६.४० रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४२.०३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३१.४१ गुणा ऋणात्मक र तरलता अनुपात १३.६२ प्रतिशत कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.