IME remit
  • मंगलवार, कार्तिक ११,२०८२ 11:13:03
IME remit
Global IME Bank Limited

२७ सय विन्दुमा झर्यो नेप्से, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’

Hyundai Nepal
२७ सय विन्दुमा झर्यो नेप्से, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.९२ प्रतिशत अर्थात २६.२२ अंकले घटेर २ हजार ७९६.२४ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८३ प्रतिशतले घटेर ४८१.३८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता सेयर ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्,  ‘ बजार ३ हजारको विन्दुमा टिक्न नसकेपछि यतिबेला बिक्री दबाब आएको छ । यसले अझै केही समय निरन्तरता लिनसक्छ । कारोबार बिस्तारै ड्राई हुँदै गएका कारण २७५० आसपासबाट बजार फर्किन सक्छ ।’

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

अर्का बजार जानकार यज्ञ घिमिरेले नाफा बुक गरेका लगानीकर्ता बजार निपस्दा बजार घटेको बताए । ‘अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । बजार अझै घट्छ भन्ने मनोविज्ञान लगानीकर्ताको देखिन्छ । यस्तै ठूला लगानीकर्ताले समेत सेयर बिक्री गरेका कारण बजारमा दबाब आएको छ,’ उनले भने ।  

उनले सधैं बजार घटेको घट्यै भने नगर्ने समेत बताए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज होटल समूह मात्रै बढ्यो । यो समूह आज १.२४ प्रतिशतले बढ्यो ।  

लघुवित्त समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज १.५८ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.९१ प्रतिशत, विकास बैंक ०.५८, फाइनान्स १.२५, हाईड्रो १.१७, लगानी ०.५८, जीवन बीमा ०.८९, उत्पादन तथा प्रशोधन १.०४, म्युचुअल फण्ड ०.०५, निर्जीवन बीमा ०.८५, अन्य ०.७६ र व्यापार समूह ०.३४ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २६ करोड ७७ लाख बढीको कारोबार भयो । हिमालयन रि इन्स्योरेन्सको पनि आज २३ करोड ९६ लाख, लुम्बिनी विकास बैंकको २० करोड २६ लाख, शिवम् सिमेन्टको २० करोड ६ लाख र बुटवल पावर कम्पनीको १९ करोड ६० लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । सिटि होटलको सेयरमूल्य आज सर्वाधिक अर्थात ९.९९ प्रतिशतले बढ्यो ।  

समाज लघुवित्तको सेयरमूल्य पनि आज ४.३४ प्रतिशत र कालिका पावरको सेयरमूल्य २.३७ प्रतिशतले बढ्यो ।  

सिक्लेस हाईड्रोको सेयरमूल्य आज लोवर सर्किट लाग्यो । यो कम्पनीको सेयरमूल्य आज ९.९९ प्रतिशतले ओरालो लाग्यो । उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य पनि आज ८ प्रतिशत, लक्ष्मी लघुवित्तको ६.१४ र नाडेप लघुवित्तको सेयरमूल्य ५.०३ प्रतिशतले घट्यो ।  

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.