IME remit
  • मंगलवार, कार्तिक ११,२०८२ 11:25:04
IME remit
Global IME Bank Limited

सलिको बाहेक सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, कुनको कति ?

Hyundai Nepal
सलिको बाहेक सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, कुनको कति ?
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२३ कम्पनीको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । 

आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.०६ प्रतिशत र निर्जीवन बीमा समूह ०.८१ प्रतिशतले घटेको छ । आज सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)बाहेक सबै कम्पनीको सेयरभाउ घटेको छ । सलिकोको सेयरभाउ ०.६० प्रतिशतले बढेर ६९० रुपैयाँ कायम भएको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.८१ प्रतिशतले घटेर ६१९.९७ रुपैयाँ कायम भएको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

त्यस्तै, एनएलजी इन्स्योरेन्सको १.७३ प्रतिशत, हिमालयन एभरेष्टको ०.६० प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.१० प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.८५ प्रतिशत, नेको इन्स्योरेन्सको ०.५७ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.९० प्रतिशत, प्रभु इन्स्योरेन्सको १.३२ प्रतिशत, आरबीसीएलको १.३४ प्रतिशत, सानिमा जिआइसीको १.५७ प्रतिशत, शिखरको ०.७३ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.११ प्रतिशत र युनाइटेड अजोडको १.१९ प्रतिशतले घटेको छ । 

यसका साथै, एशियन लाइफको ०.७७ प्रतिशत, सिटिजन लाइफको ०.८८ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.९३ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.६९ प्रतिशत, हिमालयन लाइफको ०.८६ प्रतिशत, आइएमई लाइफको ०.५७ प्रतिशत, एलआइसी नेपालको १.७१ प्रतिशत, नेपाल लाइफको ०.८६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.२१ प्रतिशत, रिलायबल नेपाल लाइफको १.११ प्रतिशत, सूर्यज्योति लाइफको ०.९६ प्रतिशत, सन नेपाल लाइफको ०.८६ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.१५ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.०३ रुपैयाँ र नेपाल रि को ०.९४ प्रतिशतले घटेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.