शनिबार, श्रावण ३१,२०८२ 05:36:42
IME remit
  • शनिबार, श्रावण ३१,२०८२ 05:36:42
IME remit
Global IME Bank Limited

बिजय लघुवित्तको नाफामा २१८.३१% को सुधार, वितरणयोग्य मुनाफा कति ?

Hyundai Nepal
बिजय लघुवित्तको नाफामा २१८.३१% को सुधार, वितरणयोग्य मुनाफा कति ?
Shivam Cement

काठमाण्डौ । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा ९ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ । संस्थाको यो नाफा अघिल्लो आवको तुलनामा २१८.३१ प्रतिशत बढी हो । अघिल्लो आवमा संस्थाले ३ करोड ४ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार देखिएसँगै नाफा बढ्न पुगेको हो । 

अघिल्लो आवमा ४० करोड ८६ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको यो संस्थाले गत आवमा ५५.१८ प्रतिशत बढाएर ६३ करोड ४१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । साथै संस्थाको खराब कर्जा पनि ह्वात्तै घट्न पुगेकाले नाफामा सुधार देखिएको हो । अघिल्लो आवमा २०.५० प्रतिशत रहेको खराब कर्जा १०.९० अंकले घटेर गत आवमा ९.६० प्रतिशत कायम भएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

साथै संस्थाको सिडि रेसियो १०९.९९ प्रतिशतबाट १०५.०५ प्रतिशत, बेस रेट १४.९८ प्रतिशतबाट १२.१८ प्रतिशत, कस्ट अफ फण्ड ९.४४ प्रतिशतबाट ७.३४ प्रतिशत र स्प्रेड रेट ५.५६ प्रतिशतबाट ७.६३ प्रतिशत पुगेको छ । सो अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ८१ लाख रुपैयाँ रहेको छ भने संस्थाको लाभांश क्षमता ५.१२ प्रतिशत रहेको छ । 

संस्थाको चुक्तापूँजी ७४ करोड ५० लाख रुपैयाँ, रिटेन्ड अर्निङ ३ करोड ८१ लाख, रिजर्भ फण्ड ४५ करोड ७ लाख रुपैयाँ रहेको छ । संस्थाको इपीएस ४.०८ रुपैयाँबाट बढेर १२.९९ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १६१.७१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६८.२२ गुणा र तरलता अनुपात ६.७२ प्रतिशत रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.