काठमाण्डौ । दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आइपीओ बाँडफाँड भएको हो । कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाद्वारा बाँडफाँड गरिएको छ ।
बिक्री प्रबन्धका अनुसार २ लाख ४२ हजार ३१८ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् भने ५ जनाले थप एक कित्ता सेयर गरी ११ कित्ता आइपीओ प्राप्त गरेका छन् । कम्पनीको आइपीओमा २२ लाख ९६ हजार ४६५ वटा आवेदन परेकोमा २२ लाख ८३ हजार २२६ जनाको आवेदन मात्रै सदर भएको छ भने १३ हजार २३९ जनाको आवेदन बदर भएको छ ।
कम्पनीको आइपीओमा २ करोड ६४ लाख ९८ हजार ५९० कित्ताका लागि आवेदन परेकोमा २ करोड ६३ लाख १२ हजार ६८० कित्ता सेयर मात्रै सदर भएको छ । आइपीओको नतिजा भने सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडले सञ्चालन गरेको वेबसाइटमार्फत हेर्न सकिनेछ ।