बुधबार, भाद्र २५,२०८२ 01:52:12
  • बुधबार, भाद्र २५,२०८२ 01:52:12
Global IME Bank Limited

बिवाइडीको अट्टो२ मा उत्कृष्ट फिचर्स, बुकिङ गर्नेलाई आकर्षक अफर

Hyundai Nepal
बिवाइडीको अट्टो२ मा उत्कृष्ट फिचर्स, बुकिङ गर्नेलाई आकर्षक अफर

काठमाण्डौ। चिनियाँ गाडी उत्पादक कम्पनी बिवाइडीको स्मल एसयुभी अट्टो२ सार्वजनिक भएको छ । भृकुटी मण्डपमा जारी ‘नाडा अटो शो २०२४’ मा बिवाइडीले आफ्नो नयाँ कम्प्याक्ट एसयूभी अट्टो२ सार्वजनिक गरेको हो ।

बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नाडा अटो शोमा उक्त गाडी सो गाडी लन्च गरेको हो। बीवाइडी अट्टो२ को लम्बाइ ४३१० एमएम, चौडाइ १८३० एमएम र उचाइ १६७५ एमएम र ह्वीलबेस २६२० एमएम छ। यो गाडीको मूल्य ४३ लाख ९९ रुपैयाँ तोकिएको छ। यसमा ब्याट्री ४५ किलोवाट आवर(युनिट) क्षमताको छ। एक पटकको फुल चार्जमा गाडीले ३४५ किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसको अगाडिका सिटहरुमा इलेक्ट्रीक एड्जस्टमेन्ट र हिटीङ फेसीलीटी छ। यस्तै इलेक्ट्रीक फोल्डीङ साइड मिरर, हिटेड स्टेरिङ ह्वील, एम्बीयन्ट लाइट, ८ वटा स्पीकर, फ्रन्ट तथा रियर पार्किङ सेन्सर तथा ३६० डिग्री क्यामरा जस्ता फिचरहरु पनि छन्।

गाडीको बुट स्पेस ४०० लिटरको रहेको छ। यसलाई रियर सिट फोल्ड गर्दा १३४० लिटरकोसम्म बनाउन मिल्छ। यो गाडी बिवाइडी एडभान्स्ड बीवाइडी ई प्लेटफर्म ३.० मा बनेको हो।

यसमा १०० किलोवाटको मोटर र ५१.१३ किलोवाट आवरको ब्लेड ब्याट्री प्याक छ ।  

नाडा अटो शोमा नगद छुट नभए पनि मोटर र ब्याट्रीमा ८ वर्षको सट्टा १० वर्षको विस्तारित वारेन्टी प्रदान गरेको छ । नबिल बैंकसँगको सहकार्यमा ७ वर्षका लागि ८.२५ प्रतिशतको स्थिर ब्याजदरमा कर्जा सुविधा उपलब्ध रहेको कम्पनीको दाबी छ ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.