सोमबार, जेष्ठ ४,२०८३ 06:38:57
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 06:38:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कृषि उद्यमको विकासको लागि एग्रो डेभलपमेन्ट फण्डको तयारी

Laxmi Sunrise Bank Limited
कृषि उद्यमको विकासको लागि एग्रो डेभलपमेन्ट फण्डको तयारी
Shivam Cement

काठमाण्डौ । कृषिमा आधारित उद्योग व्यवसायको विकास र बिस्तारमा सहयोग गर्ने गरि काठमाण्डौमा एग्रो डेभलपमेन्ट फण्डको तयारी शुरु गरिएको छ। कृषि क्षेत्रको विकासबाट मात्र रोजगारी श्रृजना हुन सक्ने, आयात प्रतिस्थापन गर्न सकिने र नेपालीको जीवन स्तर सुधार गर्न सकिने निर्विवाद छ। राज्यले कृषिलाई प्राथमिकतामा राखे तापनि सहि उद्यमीले सहयोग पाउन सकेका छैनन्। बैंकको सावाँ किस्ता र ब्याजको बोझ तथा विशेषज्ञ सेवा नपाउँदा अधिकांश उद्योग व्यवसाय अहिले समस्यामा छन्।

यही अवस्थालाई बिचार गरि बीरगंज र काठमाण्डौका उद्यमी,व्यवसायी तथा बैंक र बीमा क्षेत्रका सफल ब्यक्तित्वहरू मिलेर ‘एग्रो डेभलपमेन्ट फण्ड लिमिटेड’ कम्पनीको स्थापना गरेका छन्। कम्पनीको मुख्य प्रवर्धकमा नेक्सजेन म्यानेजमेन्ट समूह, क्वेष्ट फर्मास्युटिकल्स समूह र कृषि उद्यमी शिवजी कलवार समूह तथा बैंक र बीमा विज्ञहरू रहेका छन्।कम्पनीमा नेक्सजेन म्यानेजमेन्ट एण्ड ईक्विटि सोलुसन्स लिमिटेडको सबै भन्दा बढि २३.३३ प्रतिशत लगानी रहेको छ।

Bizshala
New Office
CG Motors

पचास करोड अधिकृत पूँजी र तत्काल चुक्ता पूँजी दश करोड रहेको यो कम्पनी २०८२ असारमा कम्पनी रजिष्ट्रारमा दर्ता भईसकेको थियो। प्राईभेट ईक्विटिको कारोबार ईजाजतको लागि आवश्यक सबै प्रकृया पुर्याई श्रावणको दोश्रो साता नेपाल धितोपत्र बोर्डमा समेत पेश गरि सकिएको छ। पाँच सदस्यीय सञ्चालक समितिको अध्यक्षमा रमेश कुमार भट्टराई र सञ्चालकहरूमा बिजय बहादुर शाह, उमेश लाल श्रेष्ठ, श्रीचन्द्र भट्ट र प्रमोद कुमार साह रहेका छन्।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.