काठमाण्डौ । पोखरा महानगरपालिका–२७ तालचोक, कास्कीस्थित माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रालिको स्वास्थ्य सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअन्तर्गत प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले ५ प्रतिशतदेखी २० प्रतिशतसम्म छुट पाउने भएका छन ।
सो छुट सेवा सुविधा माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रालिमा प्राप्त गर्न सकिनेछ ।
उक्त सम्झौतापत्रमा माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रालिका तर्फबाट चिकित्सा निर्देशक डा. प्रकाश भट्टराई र सञ्चालन निर्देशक भावना भण्डारी तथा प्रभु बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलको संयुक्त हस्ताक्षर रहेको छ ।